फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
राष्ट्रिय परिषदलाई सम्झदा…
मैले सबैभन्दा पहिले चीनको नाम सुनेको हिरो कलमबाट हो। 2040 सालतिर म प्राथमिक तहमा अध्ययनरत रहँदा मेरा दाजुले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसक्नु भएको थियो। उहाँसँग एउटा चाइनिज कलम थियो निलो रङको। त्यो कलम त्यतिखेर महङ्गो मानिन्थ्यो, सायद पाँच रुपैयाँ पर्थ्यो होला......
चिनियाँ सहयोगको अन्तर्य
गत पुस 10 देखि 12 गतेसम्म नेपालको भ्रमणमा गएका चिनियाँ परराष्ट्रमन्त्री वाङले हरेक वर्ष नेपाललाई सहयोगस्वरुप दिने 13 अर्ब रुपैयाँ यसमा समावेश गरिएको छैन। यो अनुदान बाहेक पनि चीनले भूकम्पपछिको पुनर्निर्माणका लागि बिनाब्याज ऋण उपलब्ध गराउने बताएको छ।
भूकम्प संग्रहालय
चीनको सिचुवान प्रान्तको वेनछ्वान जिल्ला भूकम्प संग्राहलय र भूकम्प स्मृति पार्कले गर्दा विश्वमै प्रख्यात छ। सन् 2008 मे 12 दिउँसो 2 बजेर 28 मिनेट जाँदा चीनको सिचुवान प्रान्तको वनछ्वानमा आठ रेक्टर स्केलको भूकम्प गएको थियो।
बेइजिङमा धूम्रपान निशेध
चीनको राजधानी बेइजिङमा जुन एक तारिख (जेठ 18 गते) सोमबारदेखि सार्वजनिक स्थलमा धूम्रपानमाथि प्रतिवन्ध लगाइएको छ। रेष्टुरेन्ट, कार्यस्थल र सार्वजनिक सवारी साधनमा धूम्रपान गरेमा दुई सय चिनियाँ युवान जरिमाना तिर्नु पर्ने प्रावधान छ।
मोदीको चीन भ्रमण र नेपाल प्रसङ्ग
चीन भ्रमण गर्नु अगाडि मोदीले अमेरिकी पत्रिका टाइम्सलाई अन्तर्वार्ता दिँदै भारतचीन सीमा समस्या दुई देशबीचको मैत्री सम्बन्धमा उल्लेख्य नभएको र विगत तीनदशकदेखि दुई देशबीचमा अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएका थिए। उनले चीनको लोकप्रिय सामाजिक सन्जाल विइपो (चिनियाँ ट्विटर) खोलेर चिनियाँ नागरिकसँग अन्तर्क्रिया गर्ने जमर्को गरे। वाकपटुताका धनी मोदीले विइपोमार्फत प्रोपोगान्डा कुटनीति अपनाएर आफ्नो चीन भ्रमणलाई चिनियाँ सर्वसाधारणसम्म पुर्‍याए।
उद्धार सामग्री लिएर 33 चिनियाँ ट्रक आउँदै
ल्हासास्थित महावाणिज्य दूत हरि बस्यालका अनुसार चिनियाँ सेनाका ती ट्रकमा 60 लाख चिनियाँ युआन अर्थात् झन्डै दस करोड रुपैयाँका सामग्री छन्। ट्रकमा ब्ल्यांकेट, त्रिपाल, चामल र तन्ना छन्। महावाणिज्य दूतावासको सक्रियतामा 5 ट्रक सामग्री संकलन गरिएको थियो। बाँकीसामग्री तिब्बत सरकारले सहयोग स्वरूप प्रदान गरेको हो। ती ट्रकमा 80 टन चामल, 7 सय त्रिपाल, 2 हजार तन्ना र ब्ल्यांकेट रहेको बस्यालले बताए।
चीनमा पढ्ने विद्यार्थीले जुटाए डेढ करोड
 केही विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले थप रकम जम्मा गर्ने अभियान चलाएका छन्। केही दिनमा त्यो रकमसहित नेपाल पठाउने दूतावासका तृतीय सचिव उत्तम घिमिरेले बताए। घिमिरेका अनुसार जम्मा भएको रकममध्ये 4 करोड रुपैयाँ अघिल्लो शुक्रबार प्रधानमन्त्री राहत कोषमा पठाइसकिएको छ भने अब बाँकी 9 लाख 16 हजार 6 सय 71 चिनियाँ युआन अर्थात् एक करोड 51 लाख रुपैयाँभन्दा बढी रकम आगामी सोमबार पठाउने तयारी छ।
विनाशकारी भूकम्प र चिनियाँ सहयोग
भूकम्पले आक्रान्त बनेको नेपालमा उद्धारको पहिलो चरणको कार्य सम्पन्न भएर अब दोस्रो चरणको कार्य थालनी भएको छ। नेपालमा भूकम्प जाँदा त्यसको प्रत्यक्ष असर नेपालका दुई छिमेकी मुलुकहरूलाई पनि परेको छ। नेपालमा गएको भूकम्पले दक्षिणतिरको छिमेकी मुलुक भारतमा केही व्यक्तिको मृत्यु भएको छ भने यसको प्रभाव नेपालको उत्तरी छिमेकी मुलुक चीनको स्वायत्त प्रदेश तिब्बतमा निकै भयानक देखिएको छ। तिब्बतमा 26 जनाको मृत्यु हुनुको साथै 3 जना हराइरहेका छन्। त्यहाँको विद्युत् आपूर्ति र सडक यातायातमा यसले गम्भीर असर पारेको छ।
चिनियाँ सहयोग जारी रहने
        नेपालको भूकम्पप्रति सहयोग संकलन गर्नका लागि नेपाली दूताबासले खाता खोलेको र त्यसमा हालसम्म 25 लाख युआन अर्थात चार करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको दूताबासका काउन्सिलर रामप्रसाद सुवेदीले बताए।
भूकम्पले मुटु हल्लाउँदा …
       अप्रिल 25 तारिख अर्थात् बैशाख 12 गते, शनिबार। सधैँ जस्तै बिहान उठेर एकघन्टाको हिँडाइ र कसरत अनि खाजा खाएरपछि नुहाइ धुवाइ। कम्प्युटर खोलेँ र काठमाडौँको गौशालामा रहेका आफ्ना परिवार निर्मला र छोराछोरीसँग स्काइपमा भिडियो कुराकानी गरेँ।
वसन्त चाडको अनुभव
         नेपालीहरुको दशैँजस्तै चिनियाँहरुको वसन्त चाड चीनमा लोकप्रिय छ। दशैँमा टाढा टाढा पुगेका नेपालीहरु आफन्तसँग भेटघाट गर्नका लागि घरमा फर्कन्छन्।
पोआवो मन्च र चीनको बढ्दो आर्थिक प्रभाव
पोआवो मन्चमा सबैभन्दा धेरै छलफल भएको विषय र मुख्य विषयका रुपमा रहेको एक क्षेत्र एक मार्गलाई विश्वभरिका सञ्चारमाध्यमले प्रमुखताका साथ प्रचारप्रसार र विश्लेषण गरेपछि यो विषय विश्वव्यापीकरण भएको छ। चीनका राष्ट्राध्यक्ष सीले पनि पोआवो मन्चलाई राम्रो अवसरका रुपमा प्रयोग गर्दै एक क्षेत्र एक मार्गको आफ्नो अवधारणालाई विस्तारित रुपमा प्रस्तुत गरे।
चिनियाँ अन्धविश्वास र जनसंख्या संरचना
चीनमा हरेक वर्ष जन्मने शिशुभन्दा बढी गर्भपतन हुने गर्छ। चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार योजना आयोगको तथ्याङ्क अनुसार हरेक वर्ष चीनमा सरदर एक करोड तीन लाख महिलाले गर्भपतन गराउँछन्। यो तथ्याङ्क वैधानिक रुपमा दर्ता भएका स्वास्थ्य संस्थामा गराइएका गर्भपतनको मात्र हो। यो बाहेक अबैध रुपमा निजी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउने महिलाको संख्या पनि उल्लेख्य रहेको चिनियाँ चिकित्सकको भनाइ छ।
इन्टरनेटमा चिनियाँ छलाङ
इन्टरनेटको ब्यापारमा मात्र होइन चीनको समाज सेवामा पनि ज्याक मा अगाडि छन्। उनले सन् 2014 मा चीनको सामाजिक सेवामा सबैभन्दा धेरै चन्दादान गरेका छन्। अलिबाबाका प्रमुख कार्यकारी अधिकृत ज्याक माले 16 अर्ब 90 करोड युआन दिएर सबैभन्दा धेरै चन्दादान गर्नेमा प्रथम स्थानमा छ। त्यसैगरी दोस्रोमा अलिबाबाकै प्रमुख वित्त अधिकृत जोसेफ साइले 7 अर्ब 24 करोड युआन चन्दा दिएका छन्। सन् 2014 मा चीनमा एक सयजनाबाट प्राप्त चन्दा रकम 30 अर्ब 40 करोड युआन उठेको छ। सन् 2013 मा 15 अर्ब 70 करोड उठेको थियो।
छुन्चे ख्वाइल अर्थात् वसन्त चाडको शुभकामना
परम्परागत चिनियाँ पात्रोअनुसारको नयाँ वर्ष अर्थात् वसन्त चाड चिनियाँहरुको सबैभन्दा ठूलो पर्व हो। यो पर्वमा चीनमा सबैभन्दा लामो विदा पनि हुने गर्छ। नेपालमा ल्होसार मनाएजस्तै चिनियाँहरुले पनि घोडा वर्षलाई विदा गरेर यही फागुन 7 गते (फेब्रुअरी 19 तारिख) देखि भेडा वर्षसँगै चिनियाँ वर्ष 4713 भित्र्याएका छन्।
चीनमा भ्रष्टाचारविरोधी अभियान
            चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष सन् 2015 का अवसरमा चिनियाँ सरकारी सञ्चार माध्यममार्फत शुभकामना व्यक्त गर्दा भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो अभियानलाई अझै तीव्र बनाउने कुरालाई दोहोर्‍याए। 'प्रहार भएको तीर फिर्ता हुनसक्दैन, सुधार गर्दा बहादुरले मात्र जित्न सक्छ' भन्दै उनले आफ्नो अभियान नरोकिने स्पष्ट पारेका छन्।
ढुङ्गाको जङ्गल
          'स्टोन फरेस्ट' अर्थात् ढुङ्गाको जङ्गल। ढुङ्गाको पनि जङ्गल हुन्छ कहीँ! ढुङ्गा र गग्य्राङ भएको ठाउँमा त जङ्गलको परिकल्पना पनि गर्न सकिन्न। तर ढुङ्गाको जङ्गल साँचो हो अनि विश्व प्रशिद्ध पनि। नामले यो जति अनौठो छ, यसको प्राकृतिक बनोट र सौन्दर्यले पनि यो त्यतिकै प्रशिद्ध छ। यसलाई विश्वको पहिलो आश्चर्य पनि भनिन्छ।
साहसी महिला योद्धाको गीतिकथा
             चीनको राज्य प्रशासनको विदेशी विशेषज्ञ सम्बन्धले नयाँ वर्षको अवसरमा चीनको छिन्ह्वा विश्वविद्यालयमा सन् 2015 जनवरी 7 तारिख बुधबार ओपेरा प्रदर्शनी गर्ने कार्यक्रम मिलाएको थियो। सो कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विभिन्न सेवामा कार्यरत विदेशी विशेषज्ञसँगै अन्य विभिन्न क्षेत्रमा कार्यरत विदेशी विशेषज्ञलाई निमन्त्रणा गरिएको थियो।
साइकलको 'अधिराज्य'
  चीनको राजधानी पैचिङलाई 'किङडम अफ साइकल' अर्थात् साइकलको अधिराज्य भनिन्छ। सन् 2012 को तथ्याङ्कअनुसार पैचिङमा स्थायी बसोबास भएका बासिन्दाको संख्या एक करोड 29 लाख 75 हजार छ भने अस्थायी बसोबास गर्नेहरू 2 करोड 6 लाख 93 हजार छन्।
चिनियाँ राष्ट्रपति नेपाल आउलान्?
           कुनै पनि विदेशी नेताको भ्रमण मापन गर्ने निश्चित कूटनीतिक सूचकहरू हुन्छन्। गत पुस 10 देखि 12 गतेसम्म भएको चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमण यस दृष्टिबाट हेर्दा निकै महत्त्वपूर्ण देखिएको छ। नेपाललाई प्राप्त हुँदै आएको चिनियाँ सहयोगमा चार गुणा वृद्धि, सशस्त्र प्रहरीबल प्रतिष्ठानको भवन निर्माणको शिलान्यास, नेपालका नौ प्राथमिकता क्षेत्र छुट्याएर चीनको सहयोग घोषणा, संविधान निर्माणमा चासो र सद्भाव प्रकटजस्ता सूचकहरूले उक्त भ्रमण सफल रहेको देखिन्छ।
नेपाल चीन सांस्कृतिक सम्बन्धमा बौद्ध धर्म
     चीनको पल्लो शान्षी प्रान्तको पाउची सहरमा गत असोज 30 गतेदेखि कात्तिक 1 गते (2014अक्टोबर 16 देखि 18)सम्म 27 औँ विश्व बौद्ध सम्मेलन सम्पन्न भयो। चीनको मुख्य भूमिमा पहिलोपटक आयोजना भएको विश्व बौद्ध सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मार लगायतका 40 देश र क्षेत्रका 4 सयभन्दा बढी प्रतिनिधिहरुले भाग लिएका थिए।
चीनमा कुकुरका 15 कुरा
सन् 2003 मा पैचिङ नगरपालिकाले बनाएको कानुनअनुसार पाँचौँ चक्रपथभित्र पर्ने आठवटा जिल्लामा 35 सेन्टिमिटरभन्दा बढी उचाइको कुकुर पाल्न पाइन्न। अगाडिको खुट्टादेखि काँधसम्मको उचाइ बढीमा 35 सेन्टिमिटर भएको कुकुर मात्र पाल्न पाइन्छ। पैचिङमा 6 वटा चक्रपथ छन्।
चियासँग साइनो
           चीनको वल्लो सान्सी प्रान्तको सदरमुकाम थाइयुआनकी लियाङ लिनाले आफ्ना पतिको घरमा गएर सासू-ससुरालाई चिया पकाएर दिँदै भनिन्, 'आजदेखि तपाईंहरू मेरा बुबाआमा हुनुभयो। मैले यो चियामा साइनो साटेकी छु।'
चिनियाँ प्राध्यापकको नेपाल दृष्टि
            चीन सरकारले नेपालसम्बन्धी नीति निर्धारण गर्दा आफ्नो राज्यपरिषदको अधीनमा रहेको थिंक ट्यांक - चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था (सीआईसीआईआर) को सल्लाह र सुझाव लिने गर्छ। प्रा. हु सिसेङ सीआईसीआईआरको एसिया तथा ओसियानिक विभागका निर्देशक हुन्। दुई वर्ष भारतमा पनि पढेका, संस्कृत र हिन्दी भाषासमेत सिकेका उनी नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान लगायत राष्ट्रसँग चीनको सम्बन्धका विश्लेषक र अध्येता मानिन्छन्। पाँच पटकभन्दा बढी नेपाल आइसकेका प्रा. हुको पुराना र नयाँ पुस्ताका थुप्रै नेपाली नेताहरूसँग सम्पर्क छ।
चीनको एपेक कुटनीति
       पैचिङ घोषणापत्र जारी गर्दै एसिया तथा प्रशान्त क्षेत्र आर्थिक सहयोग संगठन 'एपेक'को वाषिर्क शिखर सम्मेलन सम्पन्न भएको छ। कात्तिक 19 गते सुरु भएको एपेक सप्ताहका अवसरमा कात्तिक 21-26 सम्म पैचिङमा सार्वजनिक विदा दिइएको थियो। विदाका कारण यहाँका सडकमा नियमितभन्दा लाखौँ कम सवारी साधन चलेका थिए भने हजारौँको संख्याका ठूला-साना उद्योगधन्दा बन्द हुँदा सधैँ प्रदूषणको तुवाँलोले ढाक्ने चिनियाँ राजधानीको आकाश सफा देखिएको थियो।
दीर्घजीवनका लागि चिनियाँ अभ्यास
            चीनको राजधानी पैचिङ सहरी क्षेत्रको बसोबास क्षेत्र अर्थात् अपाटमेन्ट एरियामा कसरत गर्ने निश्चित स्थल निर्माण गरिएको हुन्छ। हरेक अपाटमेन्ट क्षेत्रमा बसोबास गर्ने चिनियाँ वृद्धवृद्धाहरु बिहान र साँझको समयमा त्यहाँ गएर विभिन्न कसरत गरिरहेका हुन्छन्। अन्य मुलुकको तुलनामा चिनियाँ कसरत फरक छ। चिनियाँ कसरतको साइनो ज्यादै पुरानो र चिनियाँ संस्कृतिसँग सम्बन्धित छ।
चिनियाँ भाषाको मोहले पारेको आपत
            विदाई भोजका बेला साथीहरुले मलाई भनेको कुरा अहिले पनि झल्झली सम्झन्छु। मेरा आदरणीय मान्यजनदेखि सहकर्मी र मभन्दा तलका सबैको अपेक्षा समान थियो। मैले व्यक्तिगत रुपमा चीनमा काम गर्ने अवसर पाएको थिएँ तर साथीहरुले त्यसलाई उहाँहरुको पनि अवसर ठान्नु भएको थियो। अनि उहाँहरु सबैले मसँग एउटै अपेक्षा राख्नु भएको थियो।
उत्तरबाट तान्न सकिने पर्यटक
      ल हालैको पहिरोका कारण कोदारी नाका अवरुद्ध भएर स्थलमार्गबाट आउने चिनियाँ पर्यटकको आगमन केही समययता रोकिए पनि पछिल्ला वर्षहरुमा नेपालप्रति उनीहरुको रुचि बढ्दै गइरहेको छ। चीन सरकारले नेपाललाई पर्यटकीय गन्तव्य सूचिमा सन् 2001 नोभेम्बरमा छनोट गरेको हो।
बाबाले ढाँट्नुभयो
            मलाई बाबाले सानैदेखि सत्य बोल्न सिकाउनु भएको हो। मैले कुनै उपद्रो गरेँ अथवा जानी नजानीकन कुनै काम बिगारेँ भने बाबाले मलाई सोध्नुहुन्थ्यो 'तिमीले यसो गरेकी हौ?' सजायबाट जोगिनका लागि मैले आफूले गरेकी हैन भन्दै कहिले भाइको टाउकोमा त कहिले ममीको टाउकोमा लगाउने प्रयास गर्थ्येँ।
यो फेसबुक पनि कमालकै रहेछ
            आफ्नो ल्यापटपमा फेसबुक खोल्नासाथ चन्चला नाम गरेकी केटीको अनुरोध देख्यो। उसलाई यसरी फेसबुकमा साथी बन्न दैनिक अनुरोध आउने गर्छन्। तर, ऊ जोकोहीलाई साथी बनाउँदैन। नेपालीले पठाएको अनुरोधलाई भने उसले छानबिन गरेर उचित लागेमा साथी बनाउने गर्छ।
1  2  3  4  5  6  7