फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
चीनको नयाँ कुटनीति
गत मार्च८ तारिख १४ औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा चिनियाँ कुटनीतिको व्याख्या गर्नका लागि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा पत्रकार सम्मेलन गरेका थिए।
एसियामा सुरक्षामा चीनको चिन्ता
सन् १९२७ अगष्ट १ तारिख स्थापित चिनियाँ जनमुक्ति सेनालाई पहिले लालसेना भनिन्थ्यो। चिनियाँ जनमुक्ति सेना तथा हातहतियारमा चीनले गरेको खर्चलाई लिएर आलोचना हुने गरेको छ।
बढ्दैछ भारतबिरोधी भावना
केही दिन अगाडि एक नेपाली अनलाइनले नाकाबन्दीपछिका चार वर्षसम्म पनि नेपालसँगको सम्बन्ध सामान्य अवस्थामा नफर्किएको निष्कर्ष निकाल्दै भारतका विदेश मामिला विज्ञहरुले चासो व्यक्त गरेको भनी समाचार प्रकाशित गर्‍यो।
अमेरिकी द्वैध चरित्र
अमेरिकाले इरानको पेट्रोलियम भण्डारणमाथि कब्जा गर्न विभिन्न वाहना खोजिरहेको छ। उसले पछिल्लो समय इरानमा मानवअधिकार हनन भएको आरोपको हतियार प्रयोग गरेको छ।
हङकङ दङ्गा: बेलायती बकवास
मानव तस्करी चीनतर्फ
मानव तस्करले चीनमा ल्याएर अलपत्र पारेका ४४ जना नेपाली चेली उद्दारको पर्खाइमा छन्। सजिलो काम र राम्रो आम्दानीको प्रलोभनमा पारेर महङ्गो शुल्क लिई उनीहरुलाई चीनमा ल्याएर बिचल्ली बनाइएको दुई महिना हुन लागेको छ।
तिब्बत नेपाल सम्बन्ध
चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूताबासमा ५९ वर्षका पासाङ र ५५ वर्षका दावा दुईजना कर्मचारीहरु कार्यरत छन्। ती कर्मचारीले महावाणिज्य दूताबासमा काम गर्न थालेको तीन दसक हुन लागेको छ।
तिब्बतको लोभलाग्दो विकास
जेठ २७ देखि ३२ गतेसम्म तिब्बतको भ्रमण गर्ने अवसर मिल्यो। ल्हासामा जेठ ३१ गते शुक्रबार आयोजित 'तिब्बत विकास मंच' गोष्ठीमा भाग लिने क्रममा तिब्बत स्वायत्त प्रदेशको लिन्ची र ल्हासाको विकास देख्न पाइयो।
बुद्धको जन्मस्थलबारे चिनियाँ भ्रम
गत बैशाख २९ गते आइतबार चीनमा २५४३ औँ बुद्धजयन्ती मनाइयो। नेपाली पात्रो अनुसार बुद्ध जयन्ती जेठ ४ गते शनिबार थियो।
चीनअमेरिका व्यापारयुद्धको चुरो
अमेरिकासँग व्यापार युद्ध सुरु भएको एक वर्षमा चीनले प्रयास गरेको सहमतिका आधारहरु र वास्तविकता देखाउने उद्देश्यले श्वेतपत्र जारी गरिएको चीनले दाबी गरेको छ।
तातोपानी नाकाको महत्व
भूकम्पबाट बन्द रहेको तातोपानी नाका चार वर्षपछि खुलेको छ। केही मालबाहक सवारी साधन वारपार गर्न थालेपनि सर्वसाधारणका लागि तातोपानीमा गुल्जार आउन अझै केही समय लाग्नेछ।
नेपाल : भूराजनीतिको क्रिडास्थल
सन् २०१५ डिसेम्बर २५ तारिख बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्रमन्त्री वाङ यीले भनेका थिए 'चीन नेपाललाई अन्तर्राष्ट्रिय बक्सिङ खेलको एरिना बनाउन चाहँदैन।'
चीनको अभियान
सांस्कृतिक क्रान्तिका नाममा सम्पदा तहसनहस बनाउने चीन यतिबेला सांस्कृतिक सम्पदालाई आफ्नो पहिचान बनाउन उद्यत छ। सन् १९६६ देखि १९७६ सम्म चीनमा सांस्कृतिक क्रान्ति चलेको थियो।
केरुङ–काठमाडौं रेलमार्ग 'गेमचेन्जर'
चार वर्षपहिले प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले पहिलोपटक चीन भ्रमण गर्दा चिनियाँ रेल नेपालसम्म लाने कुरा थालनी भएको हो। गत वर्ष प्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको चीन भ्रमणका क्रममा हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल (ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क) का नाममा नेपाल र चीनबीच सहयोग र सहकार्य अझ घनीभूत बनाउने काम भयो।
चीन भ्रमणको सफलता
बैशाख ११ गते बुधबार सुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण बैशाख १८ गते बुधबार सम्पन्न भएको छ। नियमित कार्यतालिकामा बिहीबार मात्र नेपाल फर्कने कार्यक्रम रहे पनि स्वास्थ्यमा असहजता देखिएपछि राष्ट्रपति भण्डारीद्वारा चीन भ्रमण एक दिन छोट्याइएको हो।
के हो बीआरआई
यतिबेला चीनको राजधानी बेइजिङ दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मंचले झकिझकाउ छ। सन् २०१९ को मार्चसम्ममा बीआरआईमा १२६ वटा मुलुक र २९ वटा अन्तर्राष्ट्रिय संगठनहरु सहभागी भइसकेका छन्।
भारतबेष्टितबाट मुक्त हुँदै नेपाल
सम्झौतामा हस्ताक्षर भएको तीन वर्ष भइसक्ता पनि प्रोटोकलमा हस्ताक्षर हुन नसक्नुको खास कारण नेपालको राजनीतिक अस्थिरता प्रमुख थियो। चीन भ्रमणबाट फर्किएपछि ओली प्रधानमन्त्रीबाट हटे। त्यसपछि पुष्पकमल दाहाल र शेरबहादुर देउवा नौनौ महिनाका लागि मात्र प्रधानमन्त्री बने। नेपालमा तीन तहको निर्वाचन भयो। नेपाल यस्तैउस्तै आन्तरिक मामिलामा अल्झियो। अर्को कारण चाहिँ नेपालको इच्छाशक्ति पनि प्रमुख थियो। ठेस लागेपछि मात्र बाबै सम्झने नेपाली उखानलाई नेपालको सत्ताले चरितार्थ गर्दै आएको छ। भारतले नाकाबन्दी लगाएको रनाहामा ओलीले चीनसँग यातायात तथा पारवहन सम्झौतामा हस्ताक्षर गरेका थिए।
बीआरआईः ऋणको पासो
आगामी बैशाख १३ र १४ गते बेइजिङमा 'बेल्ट एण्ड रोड इनिसिएटिभ' बीआरआई दोस्रो शिखर मञ्च आयोजना हुँदैछ। दुई वर्षअगाडि आयोजित बीआरआई पहिलो शिखर मञ्चमा नेपालबाट तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो।
गरिबी निवारणमा चिनियाँ चमत्कार
सन् १९७८ मा आधुनिक चीनका नेता तङ स्यावोफिङले सुधार र खुलापन नीति सुरु गर्दासम्म चीन अत्यन्त गरिब राष्ट्रमा गनिन्थ्यो। सन् १९८० देखि ९० को दसकसम्म चीन विश्वबाट धेरै अनुदान सहायता लिने राष्ट्रमा थियो।
तिब्बतमा छ दसकको प्रगति
नेपालको उत्तरी सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ। पूर्वश्चिम एक हजार ४ सय किलोमिटरभन्दा बढी नेपालको भूमि चिनियाँ भूमिसँग जोडिएको छ। तसर्थ हरेक चिनियाँ नेताले भन्ने गर्दछन्'चीन र नेपाल नदीनाला, हिमाल, पहाडले जोडिएका घनिष्ट मुलुक हुन्।'
चीनले चिनेका नेपाली वैज्ञानिकहरु
नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्राय त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरु विदेशमै काम गर्नथालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन। अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हँसाउनु हो भन्ठान्छन् नेपालीहरु।
कठिन घडीमा चीन
यतिबेला चीनमा १३ औँ जनकंग्रेसको दोस्रो अधिवेशन र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन चालु रहेका छन्। यी दुई अधिवेशनलाई चीनमा मात्र नभई विश्वमै महत्वका साथ हेरिन्छ।
तातोपानीको तात्पर्य
कार्यकाल सकेर चीन फर्कनु अगाडि गृहमन्त्री रामबहादुर थापासँगको बिदाइ भेटमा तत्कालीन चिनियाँ राजदूत यु होङले आगामी बैशाखदेखि चीन सरकारले तातोपानी नाका संचालनमा ल्याउने जानकारी दिएको समाचारसँगै चीनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको बन्दरगाह निर्माणको कामलार्इ अन्तिम चरणमा पुर्‍याएको समाचारले नेपालीलार्इ निकै खुशी बनायो।
दाइजोमा सम्पदा
चीनको राजधानी बेइजिङमा रहेको क्यापिटल म्युजियममा सन् २०१८ फेब्रुअरी २७ तारिखदेखि जुलाई २२ तारिखसम्म 'थिआनलु वनह्वा' शीर्षकमा एउटा प्रदर्शनी गरिएको थियो। थिआनलु वनह्वालाई नेपालीमा अनुवाद गर्दा सांस्कृतिक विशेषातायुक्त स्वर्गीय बाटो हुन्छ।
ताइवान बारे चिनियाँ तातो

राष्ट्राध्यक्ष सीले ताइवानलार्इ शान्तिपूर्णरुपमा एकीकरणमा आउन पठाइएको पत्रको ४० औँ स्मृति समारोहलार्इ सम्बोधन गर्दै उक्त भनाइ राखेका थिए। सन् १९७९ जनवरी २ तारिख चिनियाँ राष्ट्रिय जनकंग्रेसले ताइवानलार्इ मातृभूमिमा पुनर्एकीकरण गर्न पत्र पठाएको थियो। यो पत्र नै ताइवानलार्इ मातृभूमि चीनमा शान्तिपूर्णरुपमा पुनर्एकीकरण गर्ने चिनियाँ नीतिका रुपमा स्थापित छ। तसर्थ पत्र पठाएको मिति जनवरी २ तारिखलार्इ चीनले ताइवानलार्इ मातृभूमिमा पुनर्एकीकरण गर्ने बारेमा विशेष समारोहको आयोजना गर्दै आएको छ।

चीनलार्इ नचिन्दा
नेपाल दुर्इवटा ठूला अर्थतन्त्रको बीचमा छ। भौगोलिक रुपमा चीन र भारतजस्ता दुर्इवटा ठूला मुलुकको बीचमा रहेकाले नेपाल सानो देखिएता पनि नेपाल सानो मुलुक चाहिँ होइन। क्षेत्रफल र जनसंख्याको हिसाबले नेपाल विश्वमा मझौला आकारमा पर्छ। नेपालको जनसंख्या अष्ट्रेलियाकोभन्दा धेरै छ। यस हिसाबले चिनियाँ उत्पादनको बजारको संभावना अष्ट्रेलियाभन्दा नेपाल राम्रो छ। क्रयशक्ति अष्ट्रेलियाली नागरिकको बढी भए पनि चिनियाँ सामग्री नै उपभोग गर्नेको संख्या र सहज रुपमा चिनियाँ सामग्री आपूर्तिका दृष्टिबाट नेपाली बजारले चीनका लागि बढी महत्व राख्छ।
कम्युनिष्ट मक्कामदिना
आगामी बुधबार माओ चतुङको १२५ औँ जन्म जयन्ती हो। आधुनिक चीनका संस्थापक नेता माओलार्इ चीनमा मात्र होइन संसारभरका कम्युनिष्टले श्रद्धा र आस्थाले सम्मान गर्दछन्। सन् १८९३ डिसेम्बर २६ मा जन्मिएका माओको मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा भएको हो। माओको मृत्यु भएको ४२ वर्ष भइसकेपनि उनको शवलार्इ बेइजिङको केन्द्रभाग थियानआनमन क्षेत्रको दक्षिणपटि्ट रहेको माओ स्मारक भवनमा अहिलेसम्म संरक्षण गरेर राखिएको छ। माओ स्मारक भवन सोमबार बाहेक हरेक दिन बिहान ८ देखि १२ बजेसम्म खुल्छ।
४० वर्षमा चीनको फड्को
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक पदासिन भएपछि 'समृद्ध नेपाल सुखी नेपाली' नारा अगाडि सारे। प्रधानमन्त्री ओलीको यो नारा नेपालका दुर्इ छिमेकी मुलुकका राष्ट्रनायकका नाराको नक्कल गरिएको सजिलै अन्दाज गर्न सकिन्छ।
भारतीय बुलिङ
चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ 'बीआरआर्इ' मा नेपाल सहभागी भइसकेको छ। नेपाल मात्र होइन दक्षिण एसियामा भारत बाहेक सबै राष्ट्र बीआरआर्इमा सहभागी भइसकेका छन्। बीआरआर्इ मार्फत नै चीनले पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स लगायतका दक्षिण एसियाली राष्ट्रमा विशाल लगानी गरेर ठूला परियोजना संचालन गर्दै आएको छ।
पत्नी पाउने भाग्यमानी
ग्लुमी सण्डे गीतलार्इ आत्महत्याको गीत भनिन्छ। पारिजातको सिरिसको फूल उपन्यासलार्इ सून्यवादी र निराशावादी साहित्यिक सिर्जना मानिन्छ। तर चीनका केही युवाहरुको निरास र कुण्ठाबाट सुरु गरेको प्रचलन भने आज संसारमै सबैभन्दा ठूलो उत्साहको दिनमा परिणत भएको छ।
1  2  3  4  5  6  7