फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
गतिलो अवसर फितलो तयारी
आफ्ना उत्पादन निर्यात गरेर विश्व बजारलार्इ कब्जामा लिँदै गरेको चीनले पहिलोपटक आयात व्यापार मेला अर्थात् 'इम्पोर्ट एक्स्पो' आयोजना गर्दैछ। यही कात्तकि १९ देखि २४ गतेसम्म शाङ्हार्इमा चीनले विशाल आयात व्यापार मेलाको आयोजना गर्न लागेको हो।
क्रिशमसमा सिँगारिएको बेइजिङ
हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन विश्वभरि क्रिशमस मनाइन्छ। क्रिशमस नजिकिँदै जाँदा बेइजिङका विभिन्न बजार आकर्षक रुपमा सजिएका छन्।
सीसीटीभीमा नेपाली सन्देश
चिनियाँ केन्द्रीय टेलिभिजन सीसीटीभीको सजिसजाउ स्टुडियो। एकैचोटि करोडौँ दर्शकले हेर्ने प्रतियोगितात्मक सांगीतिक कार्यक्रम। एकजना युवा हातमा माइक बोकेर चिनियाँ गीत गाउँदै स्टुडियोमा प्रवेश गर्छन्।
चीनमा सफलताको शिखर चुम्ने नेपालीहरु
यतिबेला चीन विश्वको दोस्रो आर्थिक शक्ति बनेको छ। विज्ञान र प्रविधि लगायत विभिन्न पूर्वाधारका क्षेत्रमा चीनले विशाल फड्को मारिसकेको छ। एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा केही विदेशी उच्च तहका व्यक्तिहरु पनि कार्यरत छन्।
रेलमार्गः नयाँ चिनियाँ रेशममार्ग
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क स्थापना गरी नेपालको पूर्वाधार विकासमा साझेदारी गर्ने कुरामा चीन र नेपालले सहमति जनाएका छन्।
सीपीसी हेडक्वाटरमा ओली
चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली असार ६ गते बुधबार चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिको पार्टी स्कुल विभागले आयोजना गरेको कार्यक्रममा सहभागी भएर 'समृद्धिमा राजनीतिक दलको भूमिका' शीर्षकमा मुख्य सम्बोधन गरे।
प्रेसिडेन्ट सपना
अफिसले तालिमका लागि चीन पठाउने बताएपछि चीन जानुभन्दा त जागिर नै खान्न भन्दै राजीनामा दिएका बीरगंजका दिनेश कण्ठले अन्तत: चीनलार्इ नै आफ्नो कार्यथलो बनाएका छन्।
चिनियाँ रेल पक्का

भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले चिनियाँ रेललार्इ पहिलो चरणमा केरुङबाट नेपालको सीमावर्ती रसुवागढीसम्म पुर्‍याइने र दोस्रो चरणमा काठमाडौँसम्म विस्तार गरिने बताए। विशाल हिमाल पार गरेर दुर्इ देशलार्इ जोड्ने रेलवे सेवा अत्याधुनिक विद्युतीय रेलमार्गको हुने पनि उनले स्पष्ट पारे।

चिनियाँ रेल ओलीको चुनौति
पहिलोपटक प्रधानमन्त्रीको रुपमा २७ महिना अगाडि गरेको चीन भ्रमण नै प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको सबैभन्दा ठूलो चुनौति हुनेछ। त्यतिबेला ओलीले प्राप्त गरेको उपलब्धि नेपाल र चीनबीच ऐतिहासिक कोशेढुङ्गाको रुपमा चित्रित छ।
पार्टी एकीकरणलार्इ चिनियाँ ताली
चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गरेन। नेपाली जनताले जेजस्तो राजनीतिक परिपार्टी चाहन्छन् त्यसलार्इ चीनले स्वीकार गर्दै आयो। पंचायती व्यवस्थाभरि पंचायतलार्इ समर्थन गर्दै आएको चीनले २०४७ सालपछिको बहुदलीय व्यवस्थालार्इ पनि हार्दिकतापूर्वक स्वागत गर्‍यो।
मोदीको नेपाल भ्रमणमा चिनियाँ दृष्टि
बैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरे। प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण थियो। जनकपुरमा उनले मिथिला पोशाक लगाए भने मुस्ताङ पुगेर त्यहीँको स्थानीय टोपी लगाए।
रेल कुटनीति
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैशाख ४ देखि ८ सम्म चीनको भ्रमण गरे। परराष्ट्रमन्त्री भएपछिको पहिलो चीन भ्रमणले चिनियाँमा पनि उनको छवि नेपालीमा जस्तै शालिन र भद्र व्यक्तिका रुपमा रहन सफल भयो।
विज्ञान नपढेका वैज्ञानिक
उनले स्नातक तहसम्म विज्ञान विषय पढेकै थिएनन्। मानविकी संकायमा अंग्रेजी मुख्य विषय लिएर जसोतसो स्नातक गरेका उनी मध्यमस्तरका विद्यार्थी थिए। इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन भन्ने उखानलाई उनले चरितार्थ बनाएका छन्।
चिनियाँ लगानी भित्र्याउने अवसर
केपी ओली प्रधानमन्त्री बनेपछि चीनबाट रेल र तेल भित्रिने आशा नेपाली जनताले गरेका छन्। बामगठबन्दनका चुनावी घोषणापत्रमा पनि यी कुरा समेटिनु र सत्ता इतर हुँदा बारम्बार माओवादी र एमालेका नेताले भाषणमा यही कुरा दोहोर्याउँदै भोट मागेकाले जनताले आशा गर्नु स्वभाविक पनि हो।
सी चिनफिङको बढ्दो लोकप्रियता
विश्वले 'असल' मानेको यस्तो चिनियाँ प्रचलन अब इतिहासमा सीमित हुने भएको छ। यही फागुन २१ गते (मार्च ५) सोमबारदेखि सुरु हुने १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनले चीनको संविधान संशोधन गर्दैछ।
टोपीको सान
जनवरी १२ तारिख अर्थात् पुष २८ गते शुक्रबार चिनियाँ परराष्ट्रमन्त्रालय र बेइजिङ नगरपालिका जनसरकारले चीनमा बसेका विदेशी पत्रकारहरुका लागि नयाँ वर्षको भोजको आयोजना गरेको थियो।
ओली पर्खदै चीन
एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री बनेपछि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले गरेका कतिपय निर्णयहरु उल्ट्याउने बताउँदै आएका छन्। अहिले उनी प्रधानमन्त्री पनि बनिसकेका छन्।
आकर्षण चीनतिर
उपेन्द्र बराल सन् २०१२ मा पिएचडी गर्न चीनमा आए। बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेस (क्यास) बाट उनले सन् २०१५ मा 'चुरे र यसको उत्पत्ति' विषयमा पिएचडी गरे। उनको अनुसन्धानको क्षेत्र नेपालको चुरे क्षेत्र थियो।
कोरियाली प्रायद्वीपमा चाँदीको घेरा

उत्तर कोरियाले परमाणु बम बनाउन थालेपछि अमेरिकाले निरन्तर रुपमा उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाउन थाल्यो। अमेरिकाले लगाएको नाकाबन्दीलाई सहयोग पुग्ने गरी संयुक्त राष्ट्रसंघले पनि सन् २००६ देखि उत्तर कोरियाका विरुद्धमा विभिन्न निर्णय गर्न थाल्यो।

चिनियाँ पत्रकारिता र सामाजिक संजाल
पत्रकारितालाई शिष्ट, जिम्मेवारपूर्ण र सत्यतथ्यमा आधारित बनाउनका लागि आचारसंहिताले मियोको काम गर्दछ। कहिलेकाहीँ भूलबस त कहिले गलत नियतले पत्रकारिताको धज्जी उडाउने काम सबैतिर हुने गरेको छ। चीनमा प्रलोभनमा परेर गरिएको गलत पत्रकारिताको एउटा उदाहरण यस प्रकार रहेको छ। २७ वर्षीय पत्रकार छन योङचौ चीनको दक्षिणमा रहेको मुख्य सहर क्वाङ्चौबाट प्रकाशित न्यू एक्सप्रेस दैनिकका रिपोर्टर थिए। उनी सन् २००९ मा स्नातक गरेदेखि उक्त समाचार पत्रमा कार्यरत थिए।
कहिले आउँछ चिनियाँ रेल?

गत पुस ४ गते एमाले अध्यक्ष केपी ओली आफ्ना केही सहयोगी सहित रसुवाको केरुङ पुगे। चुनावी परिणामले बाम गठबन्धनलाई बहुमत प्राप्त भइसकेको अवस्थामा भावी प्रधानमन्त्रीका रुपमा रहेका ओलीको केरुङ भ्रमणले महत्वपूर्ण संकेत गरेको छ।

विचार निर्यातमा चीन
विश्वले चीनलाई अरुका कुरामा वास्ता नगरीकन सुमुसुमु आफ्नो मात्र विकास गरिरहने राष्ट्रको रुपमा चिन्दै आएको थियो। विभिन्न देशहरुमा आन्तरिक र बाह्य द्वन्द्व मच्चिदा चीन सधैँ अलग्ग बसेर नियाल्थ्यो र प्रतिक्रिया बिहिन आफ्नो विकासमा केन्द्रित हुन्थ्यो।
भ्यागुता पछ्याउँदै
पूर्वी चितवनमा जन्मिएका जनकराज खतिवटालाई भ्यागुताको कर्कस आवाज पटक्कै मन पर्दैनथियो। चितवन जिल्ला यसै पनि सिमसारका लागि प्रख्यात छ। सिमसार क्षेत्रमा भ्यागुताहरु प्रसस्त पाइन्छन्। हरेक साँझ भ्यागुताको ट्वार्रट्वार्र आवाज सुन्दा उनलाई झिँझो लाग्थ्यो।
बुढी गण्डकी खोसिएपछिको चिनियाँ रोष

नेपाल सरकारले बुढी गण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसेपछि चिनियाँहरुमा व्यापक असन्तोष देखिएको छ। औपचारिक रुपमा सरकारी निकायबाट प्रतिक्रिया नआए पनि चिनियाँ थिङ्कट्याङ्क र नेपालमा लगानी गरिरहेका कम्पनीहरुमा निराशा छाएको छ।

आसन्न निर्वाचन र चिनियाँ चाहना
आसन्न निर्वाचनले नेपालमा राजनीतिक स्थायित्व हुने र आर्थिक विकासको यात्रा सुरु हुने चीनले अपेक्षा राखेको छ। नेपाल सधैँ राजनीतिक मुद्दामै अल्झिरहेको कुरा चीनलाई पटक्कै मन परेको छैन।
नेपालमा सी विचारधाराको प्रभाव
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १९ औँ महाधिवेशनले वर्तमान चिनियाँ राष्ट्रपति सी चिन फिङको विचारधारालाई पारित गर्दै पार्टीको विधानमा लेख्ने निर्णय गरेपछि यसको चर्चा नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले अनौठो ढङ्गले गरे।
चीनको नयाँ युग सपना
गत बुधबार चीनको राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन सुरु भएको छ। एक साता चल्ने यो महाधिवेशनले मुख्य नेतृत्व परिवर्तन नगरे पनि चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली पोलेटब्युरो स्थायी समितिमा पाँचजना नयाँ अनुहार भित्र्याउँदैछ।
माओ सुतिरहेको घर
बेइजिङको केन्द्रमा रहेकाले चीन भ्रमणमा आउने शतप्रतिशत विदेशी पर्यटक थिआन आनमन स्क्वायर पुग्छन्। चीनको मात्र होइन, यो विश्वकै सबैभन्दा ठूलो चोक मानिन्छ। थिआन आनमन चोक उत्तरपट्टि चीनको पुरानो दरबार छ- निषेधित सहर अर्थात् 'फर्बिडन सिटी'। यो विश्वकै सबैभन्दा ठूलो दरबार हो। दरबारको मुख्य प्रवेशद्वारमाथि राखिएको चिनियाँ नेता माओको तैल चित्र हरेक वर्ष परिवर्तन हुने बताइन्छ।
चिनियाँ केटीको धुस्नु कुटाइ
२०१५ जुन १२ देखि १६ सम्म चीनको युन्नान प्रान्तको सदरमुकाम खुन्मिङमा 'तेस्रो चीन दक्षिण एसिया एक्स्पो' आयोजना गरिएको थियो। एक्स्पोको विशेष रिपोर्टिङ गर्न सीआरआई नेपाली सेवाकी सहकर्मी मुनासँग म पनि खुन्मिङ गएँ। सीआरआईबाट दक्षिण एसियाली केन्द्रका बङ्गाली, सिँहाली, तमिल, उर्दू लगायत सेवाबाट चिनियाँ र मजस्तै विदेशी विशेषज्ञ सहभागी थिए।
रक्सी संस्कृति
चीनमा रक्सीलाई उच्च प्राथमिकतामा राखिन्छ। चिनियाँ संस्कृति अनुसार पाहुनाको स्वागतका लागि रक्सी नभइ हुँदैन। नोबेल पुरस्कार विजेता विश्वप्रशिद्ध चिनियाँ लेखक मो यानले उपन्यास नै लेखेका छन् रिपब्लिक अफ वाइन अर्थात् रक्सीको गणतन्त्र। यो उपन्यासबाट थाहा पाइन्छ चीनमा रक्सीको महत्व र महिमा।
1  2  3  4  5  6  7