फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
चिनियाँहरुको प्यारो अङ्क आठ
           अमेरिकीहरु 13 अङ्कलाई अफापशिद्ध मान्छन् भन्ने मैले स्कुल पढ्दा नै सुनेको थिएँ। अझ अमेरिकी होटलहरुमा त 13 नम्बरको कोठा नै हुँदैन भन्ने पनि सुनेको छु। हामी नेपालीहरु पनि 8 र 12 अङ्कलाई त्यति राम्रो मान्दैनौँ।
अजबको चीनमा गजबको अनुभव
           मैले सबैभन्दा पहिले चीनको नाम सुनेको हिरो कलमबाट हो। 2040 सालतिर म प्राथमिक तहमा अध्ययनरत रहँदा मेरा दाजुले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसक्नु भएको थियो। उहाँसँग एउटा चाइनिज कलम थियो निलो रङको। त्यो कलम त्यतिखेर महङ्गो मानिन्थ्यो, सायद पाँच रुपैयाँ पर्थ्यो होला। हामीलाई हम्मेसी छुन पनि दिनु हुन्थेन।
चिनियाँ लगानीले काँचुली फेरिने अपेक्षा
         'राम्रो घर किन्न त सकिन्छ तर राम्रो छिमेकी किन्न सकिन्न' भन्ने भनाइ नेपालमा प्रचलित छ। छिमेकी शब्दको अर्थ सीमा जोडिएको हो। त्यसकारण छिमेकी सुखदुःख बाँढ्न सक्ने र आडभरोसा दिनसक्ने हुनुपर्छ। नेपालको पूर्वपश्चिम र दक्षिण तीनतिरको सीमा भारतसँग जोडिन्छ भने उत्तरतिरको सीमा चीनसँग जोडिन्छ। नेपालसँग सीमा जोडिएका दुई मुलुक भारत र चीन नेपालका घनिष्ट छिमेकी मुलुकहरु हुन्।
तिब्बतबाट सिक्ने होइन?
            नेपालको उत्तरतर्फ झण्डै एक हजार किलोमिटरको सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिन्छ। तिब्बतसँग नेपालको सोझो हवाइ यातायात र सडक यातायात स्थापित छ। नेपालले हजारौँ वर्षदेखि चीनको तिब्बतसँगै व्यापार गर्दै आएको छ। अत्यन्त विकट भौगोलिक बनावट, विशाल मरुभूमिको पठार र उच्च अक्षांशमा रहेको तिब्बतका सामु नेपालको तुलनामा अनेकौँ चुनौति रहेका छन्।
बदलिँदो चिनियाँ जीवनशैली
          सन् 2013 मा चीनले वृद्धवृद्धाहरुको स्वास्थ्य र मनोविज्ञानलाई ध्यानमा राखेर विशेष नीति बनायो। सो नीतिमा पाको उमेरका बुबाआमालाई छोराछोरीले आफूसँगै राख्नुपर्ने, यदि कामको सिलसिलामा घरदेखि टाढा गएर बसेको छ भने त्यस्ता छोराछोरीले हरेक हप्ता आफ्ना वृद्ध बुबाआमालाई भेट्नु पर्ने र नियमित रुपमा फोन सम्पर्क गर्नुपर्ने उल्लेख छ।
चिनियाँ कलात्मक गाँठो र लालटिन
         चिनियाँ प्रचलन र संस्कृतिमा रातो रङको छुट्टै महत्व छ। चिनियाँ झण्डा रातो छ र चिनियाँ सरकारी चिन्ह पनि रातै रङ्को छ। कसैको स्वागतमा अथवा कसैलाई शुभकामना दिनका लागि पनि रातो ब्यानरमा सुनौला अक्षरले लेख्ने प्रचलन छ। मृत्यु संस्कार र समवेदनामा भने रातो रङ निशेधित छ।
नेपाली सेवाको चार दशक
           चीनको सरकारी सञ्चार संस्था चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई)को स्थापना सन् 1941 को डिसेम्बर 3 तारिखमा भएको हो। विश्वभरि प्रसारण गरिने चीनको एक मात्र अन्तर्राष्ट्रिय रेडियोका रुपमा रहेको सीआरआई प्रसारण समय र भाषाका हिसाबले विश्वको सबैभन्दा ठूलो रेडियो हो। चिनियाँ जनताको मुक्तिका लागि सशस्त्र संघर्ष गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टीले यानानमा रुसको मस्कोबाट ल्याइएको ट्रान्समिटर प्रयोग गरेर रेडियोको परीक्षण प्रसारण गरेको थियो। यसलाई सिन्ह्वा नयाँ चिनियाँ रेडियो भनिन्थ्यो।
सांघाई घोषणापत्रका चुनौति
            यही जेठ 7 गते (गत मे 21 तारिख) बुधबार एसियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको चौथो शिखर बैठक सांघाई घोषणापत्र जारी गर्दै सम्पन्न भयो। चीनको सांघाईमा आयोजित सो शिखर बैठकमा 47 वटा मुलुकका सरकार तथा राष्ट्रप्रमुखसहित संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन समेत सहभागी थिए।
चिनियाँ चपस्टिक्स

        चिनियाँहरु खानका लागि काँटा अथवा चम्चा प्रयोग गर्दैनन्। अधिकांश खानेकुरामा उनीहरु 'चपस्टिक्स' प्रयोग गर्छन्। झोल पदार्थ 'सुप' खानका लागि मात्र चम्चा प्रयोग हुन्छ। पश्चिमा मुलुकका मान्छेहरु चिनियाँहरुले चपस्टिक्सले खाएको देख्ता अचम्म मान्छन्। चीन भ्रमण गर्नेहरुले पनि आश्चर्य मान्छन् किनभने अधिकांश रेष्टुरेन्टमा काँटा र चम्चा नहुन पनि सक्छ। चिनियाँ सुप खानका लागि सेरामिकबाट बनेको छोटो र गहिरो चम्चा हुन्छ जसको प्रयोगले चाउमिन, थुक्पा अथवा भात खान निकै अप्ठेरो हुन्छ।

क्षेत्रीय शान्ति र स्थिरतामा चीनको भूमिका
            पन्चशील सहअस्तित्वका सिद्धान्तमा उभिएको चिनियाँ परराष्ट्र नीति विश्वकै निस्वार्थी र प्रभावकारी कुटनीति मानिन्छ। अहिले चीनले वरिपरीका आफ्ना छिमेकी राष्ट्रहरुबीचमा दीर्घकालीन मैत्री र साझेदारी बढाउने कूटनीतिक सिद्धान्त तर्जुमा गरेको छ।
राष्ट्रिय परिषदलाई फर्केर हेर्दा
           नेपालमा रेडियो श्रोताको सुरुवात तत्कालीन रेडियो पैचिङबाट सुरु भएको हो। सन् 1985 तिर चितवनमा प्रकाशबाबु पौडेलले फ्रेण्डशीप क्लब गठन गरेर रेडियो पैचिङका श्रोतालाई सङ्गठित गर्ने काम सुरु गर्नु भएको थियो।
चिन्डोभित्र चिनियाँ संस्कृति
          पैचिङ सहरको दक्षिण पूर्वमा फान्चियायुआन नामको स्थान आन्तरिक चिनियाँ पर्यटक र बाह्य पर्यटकका लागि ख्यातिप्राप्त छ। यो चीनको सबैभन्दा ठूलो सांस्कृतिक र पुरातात्विक बजार हो। त्यहाँ रहेका सयौँ पसलहरुमा दैनिक हजारौँ व्यक्तिले किनमेल गरिरहेका हुन्छन्। त्यहाँ कुनै पनि आधुनिक सरसामान पाइँदैन।
थाइची रौलीछिउको नसा
          चिनियाँ संस्कृतिलाई विश्वमै सबैभन्दा धनी संस्कृति मानिन्छ। चीनका विभिन्न संस्कृतिमध्ये थाइची रौलीछिउ पनि एउटा हो। थाइची भनेको उसुजस्तै एक प्रकारको कसरत हो। थाइची प्रदर्शनी गर्दा नृत्य गरेको जस्तो देखिन्छ।
चङ्गाले चोरेको मेरो मन
      सन् 2014 पैचिङ अन्तर्राष्ट्रिय चङ्गा उडान महोत्सव पैचिङ सहरको पूर्वमा पर्ने थुङ्चौ क्षेत्रको ओलम्पिक रङ्गहालामा भएको थियो। त्यो रङ्गशाला विशेष गरी चङ्गा उडाउनकै लागि निर्माण गरिएको हो भन्ने कुरा त्यसको छतबाट पुष्टि हुन्थ्यो किनभने रङ्गशालाको छत चङ्गाकै स्वरुपमा बनाइएको थियो। हामी प्याराफिटमा बस्यौँ।
चीनका समस्याः गरिबी र प्रदूषण
         ठूला उद्योगधन्दाहरुलाई सहरी क्षेत्रबाट स्थानान्तरण गर्ने र अधिक प्रदूषण गर्ने उद्योग बन्द गर्ने नीति चीन सरकारले सुरु गरेको छ। अत्यधिक प्रदूषण गर्ने उद्योगहरुले भारी मात्रामा सरकारलाई जरिवाना तिर्नु पर्ने र अन्ततः उद्योग नै बन्द गर्नु पर्ने सम्मको अत्यन्त कडा नीति अवलम्बन गरिएको छ।
गरिबी, क्यान्सर र दिलबहादुरको आत्महत्या
            विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश चीन। चीनको जनसङ्ख्या एक अर्ब सैतीस करोड पुगेको छ। तसर्थ अन्य देशको तुलनामा चिनियाँहरुको अङ्क गणित अगाडि आउँछ। विश्वमा सबैभन्दा धेरै घुम्न चाहने मान्छे चिनियाँ। विश्वमा सबैभन्दा धेरै सुनका उपभोक्ता चिनियाँ। विश्वका सबैभन्दा धेरै साइकल र गाडी चढ्ने मान्छे चिनियाँ। त्यसैगरी विश्वमा सबैभन्दा धेरै भयानक क्यान्सरपीडित र क्यान्सरबाट मर्ने मान्छे पनि चिनियाँ।
नेपाल-चीन आर्थिक विकासका सम्भावना
             चिनियाँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशन सम्पन्न भएको छ। चीनको राजधानी बेइजिङको जनबृहत् सभा भवनमा मार्च 5 मा सुरु भएको अधिवेशन 13 तारिखमा सम्पन्न भयो। अधिवेशनमा चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले सरकारी नीति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि तीन हजारभन्दा बढी चिनियाँ विधायकले छलफल गरेर विभिन्न निर्णय पारित गरे।
के हो 'चिनियाँ सपना'?
          सन् 1949 अक्टोबर 1 तारिखमा चिनियाँ महान् नेता माओत्सेतुङको नेतृत्वमा नयाँ चीन स्थापना भएपछि चीनले समाजवादी यात्रा सुरु गर्‍यो। सन् 1978 मा चिनियाँ कम्युनिष्ट पार्टी एघारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले अर्का चिनियाँ महान् नेता तङ स्याओ फेङको कार्यनीति अनुसार सुधार र खुलापनको कार्यक्रम अगाडि सारेपछि 'चिनियाँ विशेषतायुक्त समाजवादी बजार अर्थनीति'ले विश्वलाई आकर्षित गर्‍यो। समाजवादी चीनको स्थापनापछि 'चिनियाँ विशेषतायुक्त समाजवादी बजार अर्थनीति'का आधारमा उभिएको समाजवादलाई सफलताको शिखरमा पुर्‍याउनका लागि यतिबेला चर्चामा रहेको छ 'चिनियाँ सपना' अथार्त् चाइनिज ड्रिम।
चिनियाँ जनकंग्रेसको शैली
       दोस्रो संविधानसभाको बैठक सुरु भएको छ। संविधानसभाको बैठकमा सभासदहरुले अभद्र शब्दहरु प्रयोग गरेको, सभाध्यक्षका विशेष अधिकारलाई ख्याल नगरेको, सभाध्यक्षको अनुमति बिना रोष्टममा गएर बोल्न खोजेको, बोल्न छुट्ट्याइएको समयभन्दा लामो समय बोलेको,कसैले सभामै अनसन बस्छु भनेका कुराहरु सञ्चारमाध्यममा आएका छन्। व्यवस्थापिकालाई राष्ट्रकै सर्वोच्च निकाय मानिन्छ। शक्तिपृथकीकरणको सिद्धान्त अनुसार पनि व्यवस्थापिकाको स्थान विशेष रहेको हुन्छ। कार्यपालिका चयन गर्ने र अपधस्त गराउने अधिकार व्यवस्थापिकामा रहन्छ।
संघीय संरचनामा चिनियाँ अनुभव
          पहिलो संविधानसभाको उत्तरार्द्धमा सबैभन्दा ठूलो विवादको विषय राज्य पुनर्संरचनाको थियो। नेपालका जनजाति र मधेशीहरुमा आत्मनिर्णसहितको स्वायत्त संघीय राज्य बनाउने महत्वाकांक्षी भावनाको विकासले सदनदेखि सडक कब्जा गरेको थियो। अनि त्यही विषयको तीब्र विवादले संविधानसभालाई दुर्घटनामा हुत्यायो। एकल जातीय पहिचानसहितको संघीय ढाँचा र बहुपहिचानसहितको संघीय ढाँचा रोज्ने विषयमा राजनीतिक दलहरुमा देखिएको ध्रुवीकरणले संविधानसभाको दोस्रो निर्वाचनमा पनि वहस र महत्व पायो। निर्वाचनको परिणामपछि कसैका एजेण्डा हारेको र कसैका एजेण्डाले जितेको नाममा फेरि पनि विवाद शुरु भएको छ।
उपन्यासमा चिनियाँ समाज
       चिनियाँ साहित्य विशाल र धनी छ। हजारौँ वर्षको इतिहास बोकेको चिनियाँ साहित्यलाई विश्वमा परिचित गराउनका लागि थुप्रै चिनियाँ साहित्यकारले परिश्रम गरेका छन्। फलत:थुप्रै चिनियाँ साहित्यकारका कृतिहरु विश्वका विभिन्न भाषामा अनुदित भएर संसारभरका पाठकले पढ्न पाएका छन्। सन् 1949 को क्रान्तिपछि स्थापित नयाँ चीनमा देखिएका साहित्यकारहरुमध्ये लु सुन सर्वाधिक लोकप्रिय बने। अहिले चिनियाँ साहित्यमा आफूलाई लु सुनको उत्तराधिकारी ठान्ने मो यान बहुचर्चित छन्। उनका कृतिहरु चीनमा मात्र नभएर विश्वमा धेरै पढिने कृतिको सूचिमा अंकित भइसकेका छन्।
चीन : सुधार र खुलापनमा अझै लचिलो
         यही नोभेम्बर 9 तारिख शनिबार सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक 12 तारिख मंगलबार सम्पन्न भएको छ। सुधार र खुलापनका कार्यक्रमहरु तर्जुमा गर्ने यो बैठकलाई विश्वले गहन रुपमा नियालेको थियो। चिनियाँ कम्युनिष्ट पार्टीका 254 जना केन्द्रीय सदस्य र 169 जना वैकल्पिक केन्द्रीय सदस्यहरुले भाग लिएको यो बैठकले चीनमा वैदेशिक लगानी भित्र्याउने र विदेशमा चिनियाँ लगानी बढाउने कुरालाई महत्व दिएको छ।
मो यानका उपन्यासमा चिनियाँ जिवन्त इतिहास
          चिनियाँ लेखक मो यानको उपन्यास'जीवन र मृत्युको दोसाँधमा'(Life and Death wearing me out)ले साहित्यमा नोबल पुरस्कार प्राप्त गरेपछि थप चर्चित बनेको छ। यद्यपि मो यानका केही उपन्यस यसभन्दा पहिले नै बहुचर्चित थिए। उनले लेखेका भएको राता जुनेलोघारी,लसुनको सवाइ,तेर्‍ह पाइला,शाकाहारी परिवार,ठूला स्तन र चौडा नितम्ब,रक्सीको गणतन्त्र,रातो जङ्गल,रक्तचन्दनको मृत्यु जस्ता उनका उपन्यास तथा गद्य साहित्यले विश्व साहित्यमा राम्रो ख्याति, चर्चा, पुरस्कार र विवाद कमाइसकेका छन्। मो यान साहित्यको उच्च सम्मान नोबल पुरस्कार प्राप्त गर्ने पहिलो चिनियाँ साहित्यकार हुन्।
1  2  3  4  5  6  7