फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिन्डोभित्र चिनियाँ संस्कृति

(GMT+08:00) 2014-04-29 10:06:21

          पैचिङ सहरको दक्षिण पूर्वमा फान्चियायुआन नामको स्थान आन्तरिक चिनियाँ पर्यटक र बाह्य पर्यटकका लागि ख्यातिप्राप्त छ। यो चीनको सबैभन्दा ठूलो सांस्कृतिक र पुरातात्विक बजार हो। त्यहाँ रहेका सयौँ पसलहरुमा दैनिक हजारौँ व्यक्तिले किनमेल गरिरहेका हुन्छन्। त्यहाँ कुनै पनि आधुनिक सरसामान पाइँदैन। तर चीनका सबै प्रान्त,सबै अल्पसंख्यक जाति, भूगोल, इतिहास, संस्कृति आदि क्षेत्रको महत्व बोकेका परम्परागत वस्तु सजिलै पाउन सकिन्छ। परम्परागत भाँडाकुँडादेखि भालाबाँडसम्म, पोशाकदेखि पुस्तकसम्म, मुर्तिदेखि माटोसम्म, बाजादेखि बालासम्म, चित्रदेखि चिन्हसम्म र मुकुण्डोदेखि भकुण्डोसम्म पाइन्छ। ती सबै बस्तु आधुनिक चाहिँ होइनन्। त्यहाँ हिमालको ढुङ्गादेखि समुद्रको मणिसम्म पाइन्छ।

          त्यो बजारमा भएका हरेक वस्तुले गहन रुपमा चिनियाँ संस्कृतिलाई प्रतिविम्बित गरेका हुन्छन्। एउटा खोजकर्ता अथवा अनुसन्धानकर्ताका लागि त्यो बजार सबैभन्दा ठूलो श्रोत हो। इतिहास र संस्कृतिका विद्यार्थीका लागि सबैभन्दा ठूलो विश्वविद्यालय हो।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ