फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिन्डोभित्र चिनियाँ संस्कृति

(GMT+08:00) 2014-04-29 10:06:21

          चिनियाँ भाषामा चिन्डो अर्थात् डल्ले लौकालाई हुलु भनिन्छ। चिनियाँ परम्परामा उपचार गर्ने व्यक्तिले चिन्डो बोकेर आउँथे। त्यो चिन्डोभित्र औषधि अथवा कुनै जादुमय पेय बस्तु हुन्थ्यो जसका कारण चिन्डो उपचार गर्नमा प्रख्यात मानिन्थ्यो। चिन्डोले आसपासको सबै नकारात्मक शक्तिलाई सोच्ने गर्छ भन्ने मान्यता थियो। अहिले पनि त्यो मान्यता कायम रहेकाले चिन्डो हरेक शुभकार्यमा सजावटका रुपमा रहन्छ। प्रायश चिनियाँहरुको घरमा चिन्डो राखिएकै हुन्छ। बृद्धबृद्धाहरु हातमा राखेर साना साना आकर्षक चिन्डोलाई खेलाउने गर्छन्। यसबाट उनीहरु हातका औँलाको कसरत पनि गरिरहेका हुन्छन्। मान्छेको स्वास्थ्यमा असर गर्ने प्रमुख कारक तत्व भनेको नै आफ्नो आसपासको धर्तिमा भएको नकारात्मक शक्ति हो भन्ने मान्यता थियो। सुख्खा बनाइएको चिन्डोमा औषधि बाहेक पानी अथवा रक्सी बोक्नका लागि पनि पहिलेको समयमा प्रयोग गरिन्थ्यो। उत्तरी चीनका किसानहरुले चिन्डोलाई काटेर रक्सी हाल्ने भाँडो अथवा डाडुका रुपमा प्रयोग गर्दथे। अहिले पनि कुनै कुनै क्षेत्रमा प्रेममा परेका केटाकेटीले मध्य शरद पर्वमा चिन्डो चोर्ने चलन छ। बिहेपछि उनीहरुको छोराछोरी होउन् भन्नका लागि त्यो परम्परा रहेको हो।

           चिनियाँ संस्कृतिमा चिन्डो शुभसङ्केत हो। चिनियाँ भाषामा यसलाई हुलु भनिन्छ। हु भनेको सुरक्षाकवच हो भने लु भनेको आशिर्वाद हो। परापूर्वको समयमा चिन्डोलाई साना शिशुको ढाडमा बाँधिन्थ्यो। यसले गर्दा उनीहरुलाई आँधीबेहेरी, बाडी पहिरो अथवा समुद्रबाट पनि सुरक्षित रहन्छन् भन्ने विश्वास थियो। अनि यसले रोगब्याधबाट पनि बचाउँछ भन्ने मानिन्थ्यो। त्यसैगरी यसले बालबच्चालाई विफर र दादुराबाट पनि बचाउँछ भन्ने विश्वास थियो।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ