फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिन्डोभित्र चिनियाँ संस्कृति

(GMT+08:00) 2014-04-29 10:06:21

           अहिले पनि कुनै चिनियाँ औषधिउपचार गर्ने क्लिनिक अथवा औषधि पसल अथवा कुनै औषधि कम्पनी खोलियो भने चिन्डोलाई बाहिर झुण्डाउने प्रचलन छ। त्यसकारण चिन्डोले अशल स्वास्थ्य, उत्तरोत्तर प्रगति, समृद्धि, सुख र शान्तिको सन्देश बोकेको हुन्छ।

           सबै चिन्डोको रङ पहेँलो हुन्छ। त्यसकारण चिन्डोलाई 'पहेँलो नदी' ह्वाङ हो, ड्रागनको नसा र महिलाको गर्भासयको प्रतिबम्ब मानिन्छ चिनियाँ समाजमा। परम्परागत चिनियाँ नक्सामा पहेलो नदी अर्थात ह्वाङहो चिन्डोको नक्साको आकार जस्तै गरेर बगेको अङ्कित थियो। त्यसैगरी ड्रागनको नसा जसको शक्तिले पहाड पनि बगाउँथ्यो, त्यो पनि चिन्डोकै आकारमा भएको वर्णन गरिन्छ। त्यसैगरी यसलाई गर्भासयको प्रतीक पनि मानिन्छ जहाँबाट नयाँ सिर्जना हुन्छ।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ