फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिन्डोभित्र चिनियाँ संस्कृति

(GMT+08:00) 2014-04-29 10:06:21

           चिनियाँ संस्कृतिमा अत्यन्त लोकप्रिय मानिएको मिङ वंशको 'पश्चिमको यात्रा' धार्मिक उपन्यासमा पनि चिन्डोको राम्रो वर्णन छ। त्यस उपन्यासको एक भागमा तीर्थयात्रामा निस्किएका बाँदरका राजाले एउटा दानवसँग दसहजार मान्छेलाई बन्दी बनाउन सक्ने जादुमय चिन्डो भएको थाहा पाउँछ। बाँदरको राजा भेस बदलेर गएर आफूसँग सारा ब्रमाण्ड अटाउन सक्ने जादुमय चिन्डो भएको गफ लगाउँछ। वास्तवमा ऊसँग एउटा सामान्य चिन्डो थियो। दानवले परीक्षण गरेर हेर्न चाहन्छ। बाँदरको राजासँग अति विलक्षण र असाधारण प्रतिभा थियो। उसले केहीबेरमै सूर्य, चन्द्रमा र ताराहरुलाई अदृश्य बनाइदिन्छ। त्यो देखेर दानवले आफूसँग भएको जादुभय चिन्डो बाँदरको राजासँग भएको अचम्मको चिन्डो (तर सामान्य)सँग साट्छ। आदिम कालका चिनियाँ सिक्का पनि चिन्डो आकारमा जारी गरिएका थिए।

          चिन्डोका आकार र त्यसमा गरिएको पेन्टिङ अनुसार मूल्य निर्धारण गरिएको हुन्छ। अझ चिन्डोलाई कुनै बाजामा परिणत गरिएको छ भने त्यसको मूल्य थप महङ्गो हुन्छ। साना साना नानीहरुले बजाउने बाजादेखि वसस्क व्यक्तिले व्यावायिक रुपमा बजाउन बाजासम्म चिन्डोबाट बनाउन सकिन्छ। बजार नै चिन्डोमय देख्दा लाग्छ धन्य छ चिन्डोमा चुलिएको चिनियाँ चलन।

साभारः हटनेपाल मासिक पत्रिका, वर्ष 1, अङ्क 6, बैशाख 2071


1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ