फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिन्डोभित्र चिनियाँ संस्कृति

(GMT+08:00) 2014-04-29 10:06:21

          त्यहाँ देखिएका वस्तुमध्ये सबैको वर्णन गर्ने हो भने एउटा व्यक्तिले बोक्न नसक्ने ठेली तयार हुन्छ। त्यहाँ देखिएका अथवा बेच्न राखिएकामध्ये चिन्डो पनि एउटा आकर्षण हो। चिन्डो सामान्यत तरकारी खानका लागि प्रयोग हुने लौका प्रजातिको एउटा वनस्पति हो। नेपालमा पनि पाइने यसलाई स्थान अनुसार फरक नाम दिइएको छ। कुनै क्षेत्रमा तुम्बा भनिन्छ भने कुनै स्थानमा डल्ले लौका भनिन्छ। चीनमा पनि ताजा चिन्डोलाई तरकारीका रुपमा प्रयोग गरेपनि सुकाएर राखिएको चिन्डोको भने परम्परागत सांस्कृतिक महत्व रहेको छ। परिपक्व भएको पहेँलो रङ्गको चिन्डो हातको मुठीमा अटाउनेदेखि ठूलो फर्सीजत्रो पनि हुन्छ।

         पैचिङका अन्य बजारमा पनि चिन्डो प्रशस्तै बेच्न राखेको पाइन्छ। पैदय यात्री हिड्ने बाटोदेखि पुराना बजारमा चिन्डोलाई आकर्षक रुपमा सजाएर बेच्न राखिएको हुन्छ। तर फान्चियायुआन बजारमा भने चिन्डोकै मात्र पसलहरु दर्जनौँ रहेका छन्। त्यहाँ पाइने चिन्डोको सङ्ख्या र आकारप्रकार पनि अन्यत्रभन्दा अधिक छ। पर्यटकलाई लक्षित गरी विभिन्न आकार र प्रकारका चिन्डोलाई आकर्षक तरिकाले पेन्टिङ गरिएको पाइन्छ। त्यसैगरी चिन्डोबाट विभिन्न बाजाहरु पनि बनाइएको हुन्छ। नेपाली संस्कृतिमा पनि केही जातीय क्षेत्रमा चिन्डोको महत्व छ। तर चिनियाँ संस्कृतिमा चिन्डो आफैँमा महत्वपूर्ण र शुभ सङ्केतका रुपमा हजारौँ वर्षदेखि रहँदै आएको छ।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ