फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चङ्गाले चोरेको मेरो मन

(GMT+08:00) 2014-04-16 15:31:27

        मैले चङ्गालाई सँधै केटाकेटीले खेल्ने मनोरन्जन मात्र ठानेँ। तर आफू चाहिँ केटाकेटी हुँदा पनि कहिल्यै चङ्गा उडाउन पाइँन। हाम्रो घर इलाम जिल्लाको पूर्वी नयाँबजार गाउँमा पर्छ। घर वरिपरी रुखैरुख र बाँसघारी थियो। माइला दाजु होमनाथ आचार्यले चङ्गा उठाउँदा नजिकैकै रुखमा गएर अल्झन्थ्योर अनि हामी फुच्चाहरु चाहिँ त्यो रुखमा अल्झिएको चङ्गा लिन दगुर्थ्यौँ। म पढेको अमर कल्याण माध्यमिक विद्यालयको आसपासका चौरमा चङ्गा उडाएको देखेको थिएँ। तर नयाँबजारका अलिक ठूला केटाहरुले हामी गाउँबाट गएका विद्यार्थीलाई त्यहाँ पनि चङ्गा उडाउन दिँदैनथ्ये।

        एसएलसी उर्त्तीण गरेपछि म क्याम्पस पढ्न राजधानी काठमाडौँ छिरेँ। इलामको तुलनामा काठमाडौँमा चङ्गा उडाएको बढी देख्न पाइन्थ्यो। क्याम्पस पढ्दा नै एउटा निजी विद्यालयमा पढाउन थालेपछि शिक्षक भइयो। त्यसपछि त चङ्गा उडाउने रहर पनि कुँजियो। मलाई सारै रहर लागेर पनि गर्न नपाएको अथवा नजानेको दुईवटा काममध्ये चङ्गा उडाउनु पनि एक हो। अर्को काम चाहिँ पौडी खेल्नु हो।

       रहर हुँदाहुँदै पनि कहिल्यै चङ्गा नउडाएको अथवा उडाउने मौका नपाएको व्यक्ति म, चालीस वर्षको उमेरमा एकैचोटि अन्तर्राष्ट्रिय चङ्गा उडान महोत्सवमा भाग लिन पाउँदा सपना जस्तो लाग्यो। चीनमा हरेक वर्ष चङ्गा उडान महोत्सव हुन्छ। सो महोत्सवमा चिनियाँमात्र नभएर चीनको राजधानी पैचिङमा बसोबास गर्ने सयौँ विदेशीहरुले पनि भाग लिने भएकाले यसलाई पैचिङ अन्तर्राष्ट्रिय चङ्गा उडान महोत्सव भनिएको हो।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ