फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चङ्गाले चोरेको मेरो मन

(GMT+08:00) 2014-04-16 15:31:27

          चीनमा चङ्गाले चित्रमा मात्र नभएर सङ्गीतमार्फत पनि चिनियाँ संस्कृतिलाई बोकेको पाइन्छ। चङ्गामा जडान गरिएका वाद्यवादनले चङ्गा उड्दै जाँदा हावाको चापले गर्दा सङ्गीत पनि प्रवाह गर्ने गर्छन्। चीनमा छिङमिङ पर्वको समयमा विशेष गरी चङ्गा उडाइन्छ। किनभने छिङमिङ पर्व भनेको दिवङ्गत भइसकेका अग्रजको सम्झनामा मनाइने पर्व हो। अनि चङ्गा उडाउँदा स्वर्गको ढोका खुल्छ र पूर्वजहरुकहाँ आफ्नो सन्देश पुग्छ भन्ने भनाइ चिनियाँहरुमा रहेको पाइन्छ।

          सन् 2014 अप्रिल 15 तारिख मङ्गलबार चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईले पैचिङ अन्तर्राष्ट्रिय चङ्गा उडान महोत्सवमा जाने अवसर मलाई पनि दिलायो। सीआरआईका विभिन्न विभागबाट हामी 31 जना विदेशीहरु सो महोत्सवमा सहभागी थियौँ। सीआरआई बाहेक पैचिङमा बसेर विभिन्न सन्चार माध्यममा काम गरिरहेका अन्य दर्जनौँ विदेशी पत्रकारहरु पनि महोत्सवमा गएका थिए। हामीलाई जानासाथ सम्झनाका लागि उपहारस्वरुप एकएकवटा टोपी र टिसर्ट तथा चिनियाँ भाषामा लेखिएका चङ्गासम्बन्धी दुईवटा पुस्तकहरु दिइयो। साथमा एउटा सानो चङ्गा र चङ्गा उडाउने धागो पनि थियो। हामीलाई दिइएका चङ्गामा विभिन्न चित्रहरु अङ्कित थिए। मलाई चाहिँ हाँसको चित्र अङ्कित चङ्गा परेको थियो। त्यसलाई जमिनबाट आकाशतिर उडाउँदा साँच्चै हाँस उडेको जस्तो लाग्थ्यो।

          सन् 2014 पैचिङ अन्तर्राष्ट्रिय चङ्गा उडान महोत्सव पैचिङ सहरको पूर्वमा पर्ने थुङ्चौ क्षेत्रको ओलम्पिक रङ्गहालामा भएको थियो। त्यो रङ्गशाला विशेष गरी चङ्गा उडाउनकै लागि निर्माण गरिएको हो भन्ने कुरा त्यसको छतबाट पुष्टि हुन्थ्यो किनभने रङ्गशालाको छत चङ्गाकै स्वरुपमा बनाइएको थियो। हामी प्याराफिटमा बस्यौँ।

         महोत्सवमा उडाइएका चङ्गाले समग्र चीनको संस्कृतिलाई प्रतिबिम्बित गरेका थिए। विभिन्न आकार र साइजाका चङ्गाहरु साँच्चै नै हेरिरहुँ जस्तो थियो। चील, गिद्ध, हाँस जस्ता चराचुरुङ्गी अङ्कित चङ्गाहरु आकाशमा उड्दा साँच्चै चराहरु नै उडेको आभाष दिन्थे। चराचुरुङ्गीमात्र हैन पाण्डा, हात्ती, घोडा, माछा अङ्कित चङ्गाको उडानले वातावरणलाई अत्यन्त रमाइलो र मनोरन्जक बनाइरहेको थियो। त्यसैगरी टेलिभिजनमा आउने कार्टुन, पैचिङ ओपेराका मुखुण्डो अङ्कित चङ्गाले महोत्सवलाई अझै घनिभूत बनाएको थियो। चिनियाँ नेताको चित्र अङ्कित चङ्गा र विभिन्न मानव आकृतिका चङ्गासँगै मान्छेले साइकल चलाएको चङ्गा आकाशमा उडेको देख्दा पत्याउनै गार्‍हो हुन्थ्यो। चीनमा पाइने विभिन्न चराहरु, पुतलीहरु, किराफट्याङ्ग्राहरु, परम्परागत चिनियाँ चित्रहरु चङ्गामा अङ्कित गर्दा एकातिर मनोरन्जन प्राप्त हुन्थ्यो भने अर्कातिर चीनको जैविक विविधताको पनि ज्ञान हुँदैथियो। त्यसैगरी चिनियाँ संस्कृतिका रुपमा ड्रागन, चिनियाँ पोशाक लगाएका युवती, चिनियाँ परम्परागत चित्राङ्कित पात्रहरु, विभिन्न फूलहरुले सजिएका चङ्गा हेर्दाहेर्दै घण्टौँ बितेको पत्तै भएन।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ