फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चङ्गाले चोरेको मेरो मन

(GMT+08:00) 2014-04-16 15:31:27

         चङ्गाको चिनियाँ संस्कृति अत्यन्त पुरानो र महत्वपूर्ण छ। चङ्गाको थालनी चीनबाटै भएको हो। आजभन्दा दुईहजार बर्ष पहिले चिनियाँहरुले चङ्गाको आविष्कार गरेका हुन्। चीनमा पहिले पहिले काठबाट चङ्गा बनाइन्थ्यो। पछि चीनमै कागजको आविस्कार भएपछि कागजबाट चङ्गा बनाउन थालियो। अहिले कागज, कपडा, प्लाष्टिक, रेशम, रबर लगायतका बस्तुबाट चङ्गा बनाइन्छ। चङ्गालाई सन्तुलित बनाउका लागि विशेषगरी बाँसका पातला भाटा अथवा सिन्का प्रयोग गरिन्छ।

         चीनको सान्तोङ प्रान्तमा पर्ने वइफाङ सहरलाई संसारकै चङ्गाको राजधानी भनिन्छ। त्यो सहरमा अहिले पनि विभिन्न प्रकारका चङ्गा प्रतियोगिता र महोत्सवहरुको आयोजना हुने गर्छ। चिनियाँ संस्कृतिमा चङ्गा अन्योन्याश्रित र महत्वपूर्ण रहँदै आएको छ। चीनका हरेक पर्यटकीय क्षेत्रहरुमा पर्यटकका लागि विभिन्न प्रकारका चङ्गाहरु बेच्न राखिएका हुन्छन्। विशेष गरी स्वर्गको पूजा गर्ने मन्दिर टेम्पल अफ हेभनको प्राङ्गणमा चङ्गा उडाउन पाउनुलाई चिनियाँ संस्कृतिमा एक विशेष अवसर मानिन्छ। तसर्थ कतिपय ट्राभल्स एजेन्सीले आफ्नो कार्यक्रमको प्याकेजमा टेम्पल अफ हेभनमा चङ्गा उडाउने कार्यक्रम पनि समावेश गरेका हुन्छन्।

         इसा पूर्वको समयदेखि नै चीनमा चङ्गाको विकास भए पनि युरोपतिर भने तेर्‍हौँ शताब्दीमा मात्र चङ्गा पुगेको हो। प्रशिद्ध व्यापारी व्यक्ति मार्कोपोलोले चीनबाट चङ्गालाई युरोपमा लगेका हुन्। सुरु सुरुमा चङ्गालाई सैनियक प्रयोजन र सूचना आदानप्रदानका रुपमा प्रयोग गरिन्थ्यो। पछि चङ्गाबाटै राइट ब्रदर्सले हवाइजहाजको आविस्कार गरेका हुन्। जापानमा चङ्गा सौर्‍हौँ शताब्दीमा र मलेशियामा सत्रौँ शताब्दीमा चङ्गा पुगेको हो भने अमेरिकामा अठारौँ शताब्दीमा मात्र चङ्गा पुगेको इतिहास छ। चीन महोत्सव अफगानिस्तान, भारत र पाकिस्तानमा पनि आयोजना हुने गर्छ। तर, चीनमा जस्तो फराकिलो र पुरानो संस्कृति बोकेको चङ्गाको चलन संसारमा अन्यन्त्र छैन।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ