फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चङ्गाले चोरेको मेरो मन

(GMT+08:00) 2014-04-16 15:31:27

         हामीलाई उपहारमा दिएको सानो चङ्गा उडाएर हामीले केहीबेर मनोरन्जन पनि लियौँ। दिउँसो 12 बजे लन्च गरेपछि हामीलाई चङ्गा बनाउन पनि सिकाइयो। महोत्सव आयोजक संस्था पैचिङ चङ्गा संघका अग्रज चिनियाँहरुले हामीलाई समूह समूहमा विभाजन गरेर चङ्गा बनाउन सिकाउनुभयो। पहिलोपटक चङ्गा छोएकै दिन मैले चङ्गा बनाउन पनि सिकेँ। भन्न र देख्न जति सजिलो र रमाइलो छ चङ्गा बनाउन त्यतिकै कठिन रहेछ। थोरै मात्र सन्तुलन गुम्यो भने चङ्गा उड्दैन अथवा हावामा असन्तुलित भएर जमिनमा गिर्ने गर्छ। तसर्थ चङ्गासँगै कामको लगाव, धैर्य, एकाग्रता र मिहिनेत चाहिने रहेछ। चिनियाँ सिपालु व्यक्तिहरुले मलाई चङ्गा बनाउन सकाउनुभयो। चङ्गा बनाएर धागो टाँग्ने कला पनि महत्वपूर्ण हुने रहेछ। मैले त्यो पनि सिकेँ। त्यसपछि त आफैँले बनाएको चङ्गा उडाउँदा मेरो मन पनि चङ्गाजस्तै आकाशमा चारैतिर उड्न थाल्यो।

        मैले निकै माथिमाथिसम्म चङ्गा उडाएँ। चङ्गा उडाउँदा मेरो मन फुरुङ्ग परेको थियो भने चिनियाँ संस्कृतिलाई आत्मसात गर्दा रमाइलो पनि लागिरहेको थियो भने मेरा सानासाना छोराछोरीलाई धेरै सम्झिरहेको थिएँ। किनभने मेरो मानसिकतामा चङ्गा उडाउने काम सानासाना नानीहरुको हो भन्ने गहिरो छाप थियो र अझै पनि छँदैछ। तर, पैचिङ अन्तर्राष्ट्रिय चङ्गा उडान महोत्सवमा सानासाना नानीहरुदेखि सत्तरी वर्ष नाघेमा मान्छेहरु पनि चङ्गामा रमाइरहेका थिए।

        चङ्गा उडाउँदा हात, कमर, घाँटी, खुट्टा र शरीरका विभिन्न जोर्नीहरुको अभ्यास हुने रहेछ। त्यति मात्र हैन शरीरमा लचकता पनि बढ्ने रहेछ। चङ्गा उडेको आकाशतिर हेर्दा हेर्दै शरीरको थकान र सबै तनावलाई बिर्सिने हुनाले चङ्गा महोत्सव हरेक व्यक्तिको मनमस्तिष्क, शरीर र विचारलाई साँच्चै चङ्गा बनाउने एउटा संस्कृति रहेछ। म एकाग्र भएर चङ्गा उडाइरहेको थिएँ। मेरो एकाग्रलाई हामी फिर्ने बेला भयो भन्ने सूचनाले भत्काइ दियो। म पैचिङ अन्तर्राष्ट्रिय चङ्गा महोत्सवबाट फर्किएँ तर मेरो मन भने त्यहीँ चङ्गासँगै उडिरहेको थियो।


1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ