फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइची रौलीछिउको नसा

(GMT+08:00) 2014-04-24 15:02:03

          चिनियाँ संस्कृतिलाई विश्वमै सबैभन्दा धनी संस्कृति मानिन्छ। चीनका विभिन्न संस्कृतिमध्ये थाइची रौलीछिउ पनि एउटा हो। थाइची भनेको उसुजस्तै एक प्रकारको कसरत हो। थाइची प्रदर्शनी गर्दा नृत्य गरेको जस्तो देखिन्छ। त्यही थाइचीमा रौलीछिउको मिश्रण भएर थाइची रौलीछिउ भएको हो। चिनियाँ भाषामा रौली भनेको नरम हो भने छिउ भनेको बल हो। तसर्थ रौलीछिउमा ब्याटमेन्टनजस्तै एउटा र्‍याकेट र एउटा टेनिसबलजस्तै नरम बल हुन्छ। बलभित्र केही मात्रामा बालुवा र हावा भरिएको हुन्छ। हावा पूरै भरेर टाइट नबनाइएकाले हातले छाम्दा नरम अनुभूति हुन्छ।

          बललाई र्‍याकेटमा राखेर नृत्यका विभिन्न चरण पारगरे जस्तै थाइचीको कसरत गर्नु नै यो खेलको आकर्षक पक्ष हो। जसरी कुनै नृत्यमा सङ्गीतमय धुनको अतिआवश्यक पर्छ त्यसैगरी थाइची रौलीछिउ खेलमा पनि गीत, सङ्गीत आवश्यक छ। नृत्यमा जस्तै यसमा पनि आठवटा चरणहरु हुन्छन्। गीत सङ्गीतको चाल अनुसार हरेकपटक आठवटा चरणहरु पार गर्नुपर्छ। थाइची रौलीछिउ प्रदर्शन गर्दा बल भुँइमा झार्नु हुँदैन। सामूहिक रुपमा प्रदर्शन गरिएको छ भने सबैले एक रुपमा शरीर चाल्नुपर्छ। र्‍याकेट र बलको चाल पनि सोही बमोजिम एक रुपमा हुनुपर्छ। त्यसकारण थाइची रौलीछिउ र नृत्यबीचमा धेरै कुराको समानता पाइन्छ। सामूहिक रुपमा भइरहेको प्रदर्शनीमा कुनै एक व्यक्तिले गरेको गल्तीले पूरै प्रदर्शनीलाई खल्लो बनाउने गर्छ।

          पैचिङ सहरका विभिन्न पार्कहरुमा थाइची रौलीछिउको अभ्यास गर्ने व्यक्तिहरु देखिन्छन्। विशेषगरी अधवैँसे र वृद्धवृद्धाहरुका लागि यो निकै लोकप्रिय अभ्यासका रुपमा रहेको छ। यसो हुनुको पछाडि थाइची रौलीछिउ चिनियाँहरुको पुरानो र छुट्टै प्रकारको पहिचान बोकेको एउटा संस्कृति भएकाले हो। पछिल्लो समयमा चीनका विभिन्न विद्यालय तथा निजी इन्स्टिच्युटहरुमा थाइची रौलीछिउको शिक्षण हुन थालेको छ। थाइची रौलीछिउकै लागि सयौँको संख्यामा समधुर लोकगीतहरु गाइएका छन्। पश्चिमा जगतले पनि चिनियाँ थाइची रौलीछिउको अभ्यासलाई अगाडि बढाउन थालेको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ