फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइची रौलीछिउको नसा

(GMT+08:00) 2014-04-24 15:02:03

          मैले थाइची रौलीछिउको अभ्यास समूहमा सहभागी जनाएँ र नियमित रुपमा थाइची रौलीछिउको अभ्यास गर्न थालेँ। हामी दिउँसो एकघण्टाभन्दा बढी समय सीआरआईको भुइँतलामा थाइची रौलीछिउको अभ्यास गर्दथ्यौँ भने राति नौ बजे भोजनालयको पश्चिमपट्टिको खाली ठाउँमा अभ्यास गर्दथ्यौँ। यसर्थ पनि मलाई रौलीछिउमा अरु सहभागी जत्तिकै आत्मविश्वास बढेर गयो। म सहभागी भएको दुई हप्तापछि नै सेप्टेम्बर 15 तारिख आइतबार हामीले खेल प्रदर्शनी गर्नुपर्ने थियो। त्यसका लागि सेप्टेम्बर 14 तारिख शनिबार हामी अन्तिम अभ्यास गर्न हाम्रो रेडियोको पश्चिमतिर झण्डै चारकिलोमिटर टाढा पर्ने रङ्गशालामा गयौँ। हामीजस्तै थाइची रौलीछिउ खेल प्रदर्शनी गर्न तथा प्रतियोगितामा भाग लिनका लागि चीनका विभिन्न प्रान्त, विद्यालय, विभिन्न संघसंस्था, सञ्चारसंस्था, हङ्कङ, ताइवान लगायत जापान र मोरिससबाट पनि रौलीछिउमा भाग लिन सहभागीहरु आएका थिए। हामीले शनिबार सो रङ्गशालामा अन्तिम अभ्यास गर्‍यौँ र आइतबार विशाल प्रदर्शनी गर्‍यौँ।

         पैचिङ अन्तर्राष्ट्रिय थाइची रौलीछिउ आदानप्रदान 2013 को आयोजना हाम्रो रेडियोको कार्यालय भएको पैचिङको पश्चिममा पर्ने जिल्ला शचिङशानमा भएको थियो र हाम्रो रेडियो पनि यो महत्वपूर्ण महोत्सवको एउटा मुख्य अंश थियो। कार्यक्रमको पहिलो अंशका रुपमा हामी प्रदर्शनी गर्ने विभिन्न संस्थाहरुको प्रस्तुति रहेको थियो। दोस्रो भागमा प्रतियोगिताहरु सहभागी थिए। बाहिरी मुलुकहरुका लागि पैचिङ जनमैत्री संघको आयोजनामा भएको पैचिङ अन्तर्राष्ट्रिय थाइची रौलीछिउ आदानप्रदान 2013 को मुख्य उद्देश्य चिनियाँ संस्कृतिलाई विश्वका विभिन्न मुलुकहरुमा पुर्‍याउनु थियो। प्रतियोगितमा भाग लिनेहरुको प्रस्तुतिले मलाई निकै रोमान्चित बनायो। चिनियाँ संस्कृतिमा रमाउँदै थाइची रौलीछिउ खेल्न र नाच्न रुचाउने गैर चिनियाँहरुको प्रस्तुतिले पनि कार्यक्रमलाई थप उत्तेजक बनाएको थियो। विद्यालयमा पढ्ने साना साना बालबालिकादेखि वृद्ध अवस्थामा पुगेका व्यक्तिहरुको प्रस्तुति एक से एक थियो। एकल प्रस्तुतिदेखि सामूहिक प्रस्तुतिले दर्शकबाट गडगडाहट ताली पाएका थिए। शारीरिक रुपमा अशक्तहरुको प्रस्तुतिले अझ जीवन र जगतलाई बुझ्न गहन बनाएको थियो। थाइची रौलीछिउकै लागि चिनियाँ कलाकारहरुले गाएका दर्जनौँ गीतहरुको सङ्गीतमा शारीरिक हाउभाउ र कला प्रदर्शनीले चिनियाँ एक्रोब्याटिक हेरिरहेको जस्तो भाव दिलाएको थियो। कलाकारको खारिएको प्रस्तुतिले प्रतियोगितामा को प्रथम हुन्छ र को दोस्रो हुन्छ भन्ने कुरालाई निकै रहस्यमय बनाएको थियो।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ