फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइची रौलीछिउको नसा

(GMT+08:00) 2014-04-24 15:02:03

          थाइची प्रदर्शन गर्न अथवा सिक्नका लागि शिक्षार्थीमा सबैभन्दा ठूलो धैर्य हुन आवश्यक छ। यो पूर्वीय दर्शनको योग जस्तै हो। जसमा शरीर र मनलाई एकाग्र बनाउनुपर्छ र नियमित अभ्यास गर्नुपर्छ। शरीरबाट तनाव हटाउन, फुर्तिलो हुन, स्वस्थ र निरोगी बन्न, अनुहारमा चमक ल्याउन, मैत्रीपूर्ण व्यवहार गर्न, मिलनसार बन्न, समयतालिकामा काम गर्न र निरन्तर प्रगति गराउनमा थाइची रौलीछिउले ठूलो योगदान दिन्छ। चिनियाँहरुको दैनिकीमा देखिएको नियमित अभ्याससँग चिनियाँ संस्कृति अन्योन्याश्रित रुपमा भेटिन्छ।

           मैले नेपालमा रहँदा विभिन्न खेलको बारेमा सुनेको, देखेको, पढेको, जानेको, भोगेको र थाहा पाएको भए पनि थाइची रौलीछिउका बारेमा म शून्य थिएँ। सन् 2013 को अगष्ट 14 तारिख चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सी आर आई नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा काम गर्नका लागि म नेपालबाट चीनको राजधानी पैचिङ आएँ। अनि अगष्टको 15 तारिखदेखि नै अफिस जान थालेँ। सहकर्मी लक्ष्मी लम्साल र नेपाली विभागमा कार्यरत चिनियाँ सहकर्मी ललिता (चु मेइ) रौली छिउ खेल्न जानु हुँदोरहेछ। रेडियोमा काम गर्न थालेको 12 दिनपछि अगष्ट 28 तारिख म सीआरआईको भुँइतलामा थाइची रौलीछिउ अभ्यास भइरहेको ठाउँमा अवलोकन गर्न गएँ। हलभरि झण्डै बीसजनाजति व्यक्तिहरु थाइची रौलीछिउको अभ्यास गरिरहेका थिए। मैले केहीबेर उनीहरुले रौलीछिउ खेलेको हेरेँ। खेल्नेहरुमा लक्ष्मीजीबाहेक सबै महिला थिए। चिनियाँहरुका बीचमा लक्ष्मीजी एक्लो विदेशी देखिनुहुन्थ्यो। त्यतिबेला सो हलमा रौलीछिउ खेलिरहेका भियतनामका दुईजना महिला, थाइल्याण्डका दुईजना महिला र म्यान्मारकी एकजना महिलालाई पनि चिनियाँ नै भन्ने ठानेँ किनभने सबैको उस्तै मङ्गोलियन अनुहार र कुराकानी पनि चिनियाँ भाषामा नै गरिरहेका थिए।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ