फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइची रौलीछिउको नसा

(GMT+08:00) 2014-04-24 15:02:03

          खेलको बीचमा उहाँहरुले लिएको बिश्रामको समयमा मैले लक्ष्मीजीको रौलीछिउको र्‍याकेट मागेर उहाँहरुले खेलेजस्तै अभिनय गरेँ। मैले त्यो र्‍याकेट समाउँदा म पनि कुनै समयमा थाइची रौलीछिउ खेल्छु र अन्तर्राष्ट्रिय थाइची रौलीछिउ महोत्सवमा भाग लिन्छु भनेर एक प्रतिशत पनि सोचेको थिइँन। मैले थाइची रौलीछिउको र्‍याकेट समाएर अभ्यास गरेको देखेर सीआरआईको प्रशासनिक निकायकी एकजना महिलाले मलाई खेल्न इच्छा भएमा भोलिदेखि आउनु भन्दै थाइची रौलीछिउको र्‍याकेट र बल दिनुभयो। मैले खेल्न हिच्किचाउँदै भनेँ 'हैन म खेल्दिन। म त तपाईंहरुले अभ्यास गरेको हेर्न मात्र आएको हुँ।' मेरो भनाइलाई ललिताजीले चिनियाँ भाषामा उल्था गरिदिनुभयो। तर उहाँहरुले अझै पनि मलाई अनुरोध गरिरहनु भयो र ललिताजीले पनि मलाई खेल्न आउन थप प्रोत्साहन गर्नुभयो। त्यसपछि मैले थाइची रौलीछिउको र्‍याकेट लिएँ र त्यो दिन केही समय अभ्यास गरेँ।

           त्यसपछि हरेक सोमबारदेखि शुक्रबारसम्म हरेक दिन बारबजेदेखि एकबजेसम्म सीआरआईको भुइँतलाको सो हलमा हामी निरन्तर थाइची रौलीछिउको अभ्यास गर्न थाल्यौँ। एकसातासम्म त म कुहिराको काग थिएँ। कता घुम्ने, कसरी बललाई र्‍याकेटमा राख्ने, कता फाल्ने केही थाहा थिएन। अरुले गरेको हेरेर आफूले प्रयास गर्दा अझ धेरै गन्जागोल हुन्थ्यो। तसर्थ सिकेर खेल्ने भन्दा पनि समय कटाउने मेलोका रुपमा मैले सुरुमा यसलाई लिएँ। बिहान एघार बजेदेखि एक बजेसम्म खाना खानका लागि हामीले अफिसबाट बिश्राम पाउँथ्यौँ। त्यही विश्रामको समयलाई मैले थाइची रौलीछिउ खेलेर बिताएँ।

          चिनियाँहरुको शरीर अत्यन्त लचकदार हुन्छ। अझ त्यसमाथि चिनियाँ महिलाको शरीरको कुरा गर्नै पर्दैन। कहीँ कतै चिनियाँ एक्रोब्याटिक्स हेरियो भने हाम्रो शरीर सिरिङ्ग हुन्छ। हामी डरले पसिनापसिना हुँदा पनि उनीहरुले गर्ने शारीरिक प्रदर्शनी गजबको हुन्छ। ती चिनियाँ कलाकारहरुको शरीर रबरजस्तो जता पनि तन्किने र जतापनि खुम्चिने खालको हुन्छ। यसको वैज्ञानिक कारण त मलाई थाहा छैन, यदि खोजी गर्ने हो भने चिनियाँ जीवनशैली, नियमित रुपमा कसरत गर्ने बानी, चिनियाँ खानपान आदि हुनसक्छन् भन्ने मैले अन्दाज गरेको छु।

          त्यस्ता लचकदार चिनियाँहरुसँग थाइची रौलीछिउ सिक्नु निकै चुनौतिपूर्ण थियो मेरा लागि। तर चिनियाँ संस्कृतिसँग घुलमिल हुनका लागि एउटा राम्रो अवसरका रुपमा मैले थाइची रौलीछिउलाई लिएँ। बिस्तारै मैले आफैँले पत्याउन नसक्ने गरी प्रगति हासिल गरेँ। अरु साथीहरुले त धेरै अगाडिदेखि रौलीछिउ खेल्न अभ्यास गरिरहनु भएको थियो।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ