फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइची रौलीछिउको नसा

(GMT+08:00) 2014-04-24 15:02:03

          चिनियाँ संस्कृतिलाई विश्वसामु पुर्‍याउन थाइची रौलीछिउको भूमिकालाई मैले नजिकैबाट अनुभूत गर्न पाएँ। अनि चीन आएको एकै महिनामा एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिन पाउँदा गौरवको महशुस पनि भयो। मलाई थाइची रौलीछिउले यति गहिरो प्रभाव पार्‍यो कि मैले नेपालमा फर्किएर छोरीलाई पनि यसबारेमा सिकाउने सपना साँचेको छु।

          पैचिङ अन्तर्राष्ट्रिय थाइची रौलीछिउ आदानप्रदान समारोहमा भाग लिएको पाँच महिनापछि सन् 2014 को फेब्रुअरी 14 तारिखमा सीआरआईले बसन्त चाडका अवसरमा अर्को उत्सवको आयोजना गर्‍यो। जहाँ हामी पाँचजनाले फेरि थाइची रौलीछिउ प्रदर्शनी गर्ने मौका पायौँ। तर यस पटकको प्रदर्शनीमा लक्ष्मी लम्सालले व्यस्तताको कारणले भाग लिन पाउनु भएन।

          त्यसपछिका दिनमा थाइची रौलीछिउ मेरा लागि नियमित कसरत बन्न थालेको छ। इन्टरनेटमा सर्च गरेर थाइची रौलीछिउका भिडियो हेर्दा अथवा पार्कतिर चिनियाँहरुले प्रदर्शनी गरिरहेका थाइची रौलीछिउ हेर्दा घन्टौँ बितेको पनि म पत्तै पाउँदिन। यसरी थाइची रौलीछिउको मलाई नसा लागिसकेको छ।


1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ