फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समचार सन्दर्भ#गरिबी निवारण कार्यबाट भावी पुस्ता लाभान्वित हुने

(GMT+08:00) 2020-10-16 10:22:04

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले विश्व गरिबी निवारण कार्यतर्फ पनि उल्लेखनीय योगदान गर्दैआएको छ। चीनको गरिबी निवारण क्रममा प्राप्त उपलब्धि र अनुभव अन्तर्राष्ट्रिय गरिबी निवारण कार्यका लागि निकै महत्वपूर्ण र फाइदाजनक रहेको छ। सम्बद्ध सामग्री र पूँजीको सहायता बाहेक चीनले अन्य मुलुक विशेषत: विकासोन्मुख मुलुकका लागि गरिबी निवारण सम्बन्धी पेशागत व्यक्तिलाई तालिम दिने, चीनको अनुभवबारे जानकारी र प्रचार-प्रसार गर्ने गरेको छ। चीनको आर्थिक र सामाजिक विकास हुँदै गएको सिलसिलामा चीनले गरिबी निवारण र भोकमरीको अवस्थालाई कटौती गर्ने सम्बन्धमा गर्ने योगदान पनि झन् झन् ठूलो हुँदै जानेछ। नेपाल लगायत विश्वका विभिन्न मुलुक विशेषगरी अधिकांश विकासोन्मुख मुलुकहरूसित गरिबी निवारण क्रममा सङ्कलन गरिएका मूल्यवान अनुभवको उपभोग गर्दै जान चीन इच्छुक छ।


1  2  3  4  
जानकारी तथा लेखहरु