फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल सीमा क्षेत्रमा सोह्र वर्षअघिदेखि व्यापार गर्दैआएका नेपाली वाङच्येको कथा

(GMT+08:00) 2018-01-02 09:30:05

फु लान जिल्ला नेपालको हुम्ला जिल्लासँग जोडिएको छ। व्यापार गर्नुअघि नेपालको हुम्ला जिल्लाको खगालगाउँमा वाङ च्ये मुख्यतः खेतिपाती र पशुपालनको आधारमा जिवन विताइरहेका थिए। त्यतिखेरसम्म जिल्लामा राजमार्ग पुगेको थिएन त्यसैले आय पनि थोरै थियो अनि जीवन पनि गाह्रो थियो।

सोह्र वर्षअघि खगालगाउँमा आठ सयभन्दा बढी जनसंख्या थियो तीमध्ये फु लानमा व्यापार गर्न जाने मानिसहरूको संख्या दशभन्दा कम थियो। वाङ च्ये तीमध्येको एक हुन्। उनका अनुसार, सबैभन्दा पहिला उनले काठे कचौरा, काठी आदि बोकेर फु लान नाका हुँदै सीमा व्यापार बजार गए। सबैभन्दा पहिलाका केही वर्षहरूमा प्रत्येक वर्ष मात्रै एक हजार चिनियाँ युआनभन्दा केही बढी कमाउनसकिन्थ्यो।

भर्खरै फु लान पुग्दा सागसब्जी निकै कम थियो। वाङ च्येले स्थानीय सर्वसाधारणको घरबाट केही काउली मात्रै किन्न पाउँथे। खाना पकाउन पनि तीन वटा ढुङ्गा राखेर अस्थायी स्टोभ बनाउनुपर्थ्यो। हिउँद ऋतुमा ईन्धन अभाव हुन्थियो। वाङ च्येले नेपालबाट गोरू या आफै तथा मानिसमार्फत भारी बोकाएर फु लान नाकासम्म पुर्‍याइ फेरि गाडीबाट आफ्नो पसलसम्म पठाउनुपर्थ्यो। ती काठ सबै प्रयोग गरिसकेपछि उनले नजिकका सर्वसाधारणबाट गोबर किन्नुपर्थ्यो।

1  2  3  4  
जानकारी तथा लेखहरु