फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल सीमा क्षेत्रमा सोह्र वर्षअघिदेखि व्यापार गर्दैआएका नेपाली वाङच्येको कथा

(GMT+08:00) 2018-01-02 09:30:05

वाङ च्येले जानकारी दिएअनुसार, पहिला विभिन्न क्षेत्रबाट आएका व्यापारीसँगै बसेर व्यापार गर्नुपर्थ्यो कुनै अलगै ठाउँ थिएन। छ सात वर्षअघि बजारले व्यापारीलाई अलगै ठाउँको व्यवस्थापन गर्न थालेको हो। जसबाट पर्यटकले सामान किन्न सजिलो भएको छ।

त्यतिखेरदेखि नै वाङ च्येको व्यापार राम्रो हुन थालेको थियो। सो अवधिमा खुद्रा बिक्री र थोक व्यापार गरी एक वर्षमा बढीमा तीस लाख युआनभन्दा बढी अनि कममा बीस लाखभन्दा बढी चिनियाँ युआनको आय वाङ च्येको हुनेगर्थ्यो।

फु लान नाका व्यवस्थापन समितिका प्रमुख लापाले जानकारी दिएअनुसार, दश वर्षअघि फु लान नाका हुँदै चीन पसेका नेपाली व्यापारीले गोरू तथा मान्छेमार्फत सामान बोकेर तिब्बतसम्म सामान पुर्‍याउँथे। तर हाल हरेक दिन दशभन्दा बढी ट्रकबाट सामान ओसारपसार गरिन्छ। चीनको भित्री भूमिका पर्यटक तथा स्थानीय सर्वसाधारणको उपभोग क्षमता बढ्दैआएकोले सीमा व्यापार समृद्ध भएको छ र उनीहरु पनि सो क्षेत्रको मुख्य उपभोग समूह बनेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु