फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# फु चेन प्रान्तीय नान फिङ शहरको"निलो नदी र हरियो पहाड"

(GMT+08:00) 2018-06-15 09:39:15

नान फिङको चेन औको हु थौ गाउँ पर्यटनमा चीनको तीन ए स्तरको दृश्य क्षेत्र हो। गाउँमा दुई हजार मूको सिमसार छ। वनस्पतिको वृक्षारोपण क्षेत्रफल 82 प्रतिशत पुगेको छ। हु थौ गाउँका वासिन्दाले प्राकृतिक दृश्यमा निर्भर भएर विशेषतायुक्त सुन्दर गाउँको पर्यटन व्यवसायको विकास गरी गरिबीबाट मुक्त भएका र धनी बनाएका छन्। सन् 2017 मा हु थौ गाउँको सामूहिक र व्यक्तिगत आम्दानी पचास लाख चिनियाँ युआनभन्दा बढी भएको छ। हु थौ गाउँका अधिकारी चौ युआन थाउले पर्यटकलाई भित्र्याउनका लागि हु थौ गाउँको दृश्य क्षेत्रले हालैका वर्षहरूयता सम्बन्धित कार्यक्रमको आयोजना गरेको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ "सन् 2017 हु थौ गाउँमा एघार वटा कार्यक्रमको आयोजना गरिएको थियो। ती कार्यक्रमहरूमा संस्कृति तथा कला महोत्सव, खाना महोत्सवआदि समावेश छन्। गत वर्ष नान फिङ शहरले पनि पर्यटकीय विकास सम्मेलनको आयोजना गरेको थियो। साथै हामीले पनि किसान खेलकुदको आयोजना गरेका थियौं।"

1  2  3  4  
जानकारी तथा लेखहरु