फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती संग्रहालय

(GMT+08:00) 2018-07-10 09:18:29

तिब्बती संग्रहालय तिब्बतमा आधुनिकीकरण कार्यसहित पहिलो संग्रहालय हो। संग्रहालयको तिब्बती परम्परागत निर्माण वास्तु कलाको शैली हुनुका साथै आधुनिक निर्माण वास्तुको उपयुक्तता र कलात्मक सौन्दर्य पनि छ भने ल्हासा शहर घुम्दा दृश्यावलोकन गर्न छुटाउनै नहुने क्षेत्र पनि हो।

तिब्बती संग्रहालयमा प्रशस्त मूल्यवान् वस्तु राखिएका छन्। जस्तो, विभिन्न खालका प्रागऐतिहासिक पुरातात्विक वस्तु, विभिन्न बनावट र प्रतिरुपका बुद्ध मूर्ति, विभिन्न काल सुन, चाँदी धुलोबाट लेखिएका तिब्बती किताब, शानदार थाङ्का, विभिन्न साङ्गितिक उपकरण, धार्मिक उपकरण, निकै जातीय विशेषतायुक्त हस्तकलात्मक वस्तु आदि। संग्रहालयले विशेष गरी तिब्बती ऐतिहासिक सँस्कृतिको प्रदर्शन गरेको छ भने एक हजारभन्दा बढी विशेष छानिएका पुरातात्विक वस्तुको प्रदर्शन भएको छ जसले तिब्बती इतिहास, संस्कृति, कला, धर्म, लोक चालचलन आदि क्षेत्रबाट तिब्बतको विशेष आकर्षण, भव्य संस्कृति र लामो इतिहासको प्रत्यक्ष रुपमा देखाएको छ। सो प्रदर्शन क्षेत्रलाई प्रागैतिहासिक संस्कृति, सांस्कृतिक कला, लोक चालचलन, अविच्छिन्न इतिहास यी चार भाग विभाजित छ।

1  2  3  4  
जानकारी तथा लेखहरु