फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"रेशमी मार्गका पहाड र नदी मार्गचित्र"को पहिलो पटक प्रदर्शन

(GMT+08:00) 2018-12-31 14:03:17

"रेशमी मार्गका पहाड र नदी मार्गचित्र"का साथमा हङ्गकङ्ग संग्रहालय, हङ्गकङ्ग विश्वविद्यालय र हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका सरकारी विभागहरूले सँगै सङ्कलन गरेको चीन र हङ्गकङ्ग रोड म्याप पनि प्रदर्शन गरिएको छ। त्यसबाट दर्शकहरूले प्राचीनकाल र वर्तमान चित्र बनाउने प्रविधिको तुलना गर्न सक्ने छन्। कुकोङ दरबारका उपप्रमुख ची थेन पिनका अनुसार, बेल्ट एण्ड रोड प्रस्तावको प्रारुपबाट हेर्दा "रेशमी मार्गका पहाड र नदी मार्गचित्र"को ज्यादै महत्वपूर्ण अर्थ रहेको छ। त्यसबाट प्राचीनकालमा चीन र पश्चिमा जगत बीचको व्यापारिक र सांस्कृतिक आवत-जावतको बाटो पनि प्रष्ट गरिएको छ। विश्वतर्फ उन्मुख हुने झ्यालको हैसियतले हङ्गकङ्ग सारा विश्वसामु चीनको श्रेष्ठ सांस्कृतिक पूरातात्त्विक वस्तुको प्रदर्शन गरिरहेको छ। उहाँ यसरी भन्नुहुन्छ:

यस पटक "रेशमी मार्गका पहाड र नदी मार्गचित्र"लाई हङ्गकङ्गमा प्रदर्शन गरिएको कुरा सांस्कृतिक क्षेत्रका लागि एउटा बिशाल घटना हो। प्राचीन रेशमी मार्ग चीन र पश्चिमा जगत बीच आवत-जावत हुने महत्वपूर्ण बाटो भएकाले चिनियाँ र पश्चिमी विशेषता मिसिएको शहरको रुपमा रही हङ्गकङ्ग वर्तमान चीन सारा विश्वतर्फ उन्मुख हुने एक महत्वपूर्ण झ्याल हो। आफ्नो संरक्षित सांस्कृतिक पूरातात्त्विक वस्तुहरूमार्फत हङ्गकङ्ग अझ विशेषगरी सारा विश्वका जनतासमक्ष चिनियाँ सांस्कृतिक पूरातात्त्विक वस्तुलाई देखाउनुका साथै चीन राष्ट्रको उत्कृष्ट सांस्कृतिक परम्पराको पनि प्रचार-प्रसार गर्नसक्ने भन्ने हाम्रो कुकोङ दरबारको शुभेच्छा रहेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु