फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेरिसमा चिनियाँ संस्कृति केन्द्रमा बसन्त चाडको अनुभव

(GMT+08:00) 2019-02-18 10:16:31

गत जनवरी 26 तारिख रङ्गीचङ्गी बत्तीहरू झुण्ड्याएर पेरिसको चिनियाँ संस्कृति केन्द्रमा बसन्त चाडको ज्यादै रमाइलो वातावरण प्रदर्शन गरिएको थियो। चार सयभन्दा बढी फ्रान्सेली नागरिकहरुले वर्षाका बावजुद एक वर्षमा एक चोटी आयोजना गरिने केन्द्रमा बसन्त चाड मनाउने विशेष गतिबिधिमा भाग लिएका थिए। उनीहरूले चीनको परम्परागत चाडपर्वको विशेष सांस्कृतिक वातावरणको अनुभव गर्नुका साथै सँगै मिलेर चिनियाँ पात्रो अनुसार सुँगुर वर्षको बसन्त चाडलाई रमाइलोसाथ मनाएका थिए।

बसन्त चाड मनाउने फ्रान्सेली साथीहरूको चाहनालाई पूरा गर्न र उनीहरूलाई अझ राम्रोसँग चिनियाँ परम्परागत चाडपर्वको अनुभव गराउनका लागि पेरिसको चिनियाँ सांस्कृतिक केन्द्रले विशेष गतिबिधिको समयलाई लम्ब्याएको छ। त्यसैगरी सो रमाइलो गतिबिधि दिउँसो तीन बजेदेखि राति दश बजेसम्म आयोजना गरियो। हलमा झुण्ड्याइएका कुशल रङ्गीचङ्गी बत्तीहरू, खुसीयाली शीर्षकका शृंखलाबद्ध फोटोहरू र बिशाल पर्दामा प्रसारित बसन्त चाडको भिडियोबाट बसन्त चाडको भरिपूर्ण रमाइलो वातावरण स्पष्टसँग अनुभव गर्न सकिन्थ्यो।

1  2  3  4  
जानकारी तथा लेखहरु