फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेरिसमा चिनियाँ संस्कृति केन्द्रमा बसन्त चाडको अनुभव

(GMT+08:00) 2019-02-18 10:16:31

क्रिस्टिना नामकी फ्रान्सेली दर्शकले चिनियाँ भाषामा अध्ययनरत् आफ्नी नातिनीसँगै पेरिसको चिनियाँ सांस्कृतिक केन्द्रमा आयोजित बसन्त चाड मनाउने रमाइलो गतिबिधिमा भाग लिनुभएको छ। उहाँले यस्तो ज्ञानबर्द्धक गतिबिधिमार्फत चीनको परम्परागत संस्कृतिबारे अवगत गराउनका लागि सघाउ पुग्ने ठहर गर्नुभयो। उहाँ यसरी भन्नुहुन्छ:

यस गतिबिधिमार्फत मैले पहिले थाहा नपाएका चिनियाँ परम्पराबारे जानकारी लिएकी छु। विभिन्न खालका संस्कृतिको आ-आफ्नो विशेषता छ। साह्रै रोचक मलाई लाग्छ। मेरी नातिनीले आजैको गतिबिधिमा पनि भाग लिइन्। उनले चिनियाँ भाषाको अध्ययन गर्ने क्रममा केही चिनियाँ परम्पराबारे पनि थाहा पाइन्। आज यहाँ पुगेर हामीलाई आफ्नो घर फर्केको जस्तो लाग्छ। हामीले अरु साथीसँग चिनियाँ ममचा पनि पकायौं। एकदमै रमाइलो लाग्यो।

यस वर्षको बसन्त चाड मनाइने गतिबिधिमा विशेषत: पर्यटन पनि थपिएको छ। तत्स्थानमा चीनको क्वाङ तुङ प्रान्तको सुन्दर दृश्य फोटो प्रदर्शनी पनि आयोजना गरियो।


1  2  3  4  
जानकारी तथा लेखहरु