फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तरिक्ष यानको इञ्जिनियरिङदेखि राष्ट्रिय जन काँग्रेसको प्रतिनिधिसम्म भन्ने विषयको दोस्रो भाग

(GMT+08:00) 2019-03-25 10:16:49

राष्ट्रिय जन काँग्रेस चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था हो। त्यसले देशको कानून विधायक अधिकार चलाउँछ। वाङ वैका अनुसार, आधारभूत तहको जन काँग्रेसका एकजना प्रतिनिधिको हैसियतले कार्यान्वयत गर्न सकिने प्रस्ताव प्रस्तुत गर्नु नै त्यति सरल कुरा होइन। त्यसो हुनाले जन काँग्रेसका प्रतिनिधि नियुक्त भएपछिको एक वर्षयता वाङ वैले धेरै पटक गरी च्यान्सु प्रान्तको चन च्याङ अदालतका विविध कानून कार्यान्वयनको अनुगमन कार्यमा संलग्न भई सक्रियताका साथ सर्वोच्च जन न्यायाधिवक्ताबाट गठित विशेष अनुसन्धानमा सहभागी भएर सम्बद्ध धारणाको अध्ययन र जाँचबुझ अनुसन्धानलाई पनि सबल पार्नुभएको छ। तेह्रौं जन काँग्रेसको पहिलो अधिवेशनमा उहाँले आफ्नो लागि निकै परिचित क्षेत्र अर्थात् अन्तरिक्ष सामग्रीको अनुसन्धान गर्ने विषयको तर्फबाट आफ्नो राय-सुझाव प्रस्तुत गर्नुभएको छ।

गत मार्च ७ तारिख हाम्रा सम्वाददाताले पैचिङस्थित च्याङ सु प्रान्त राष्ट्रिय जन काँग्रेसको प्रतिनिधि स्थलमा वाङ वैलाई पुन: भेटेका छन्। चालु वर्षको सरकारी कार्य-प्रतिवेदनबारे चर्चा गर्दै उहाँ गद्गद् हुँदै भन्नुहुन्छ:

निर्माण व्यवसायको मूल्य अभिवृद्धि कर पहिलेको १६ प्रतिशतबाट अहिलेको १३ प्रतिशतसम्म झरेको कुरा उद्योग-व्यवसायको विकासका लागि फाइदाजनक हुनेछ। आजै बिहान हाम्रो पूर्ण बैठकमा सहभागी हुँदै उप प्रधानमन्त्री सुन छुन लानले विशेषत: पेशागत प्राविधिक कामदारको संख्या निकै अभाव रहेको औँल्याउनुभयो। त्यसैगरी चीनले चालु वर्ष देशभरिका उच्च स्तरीय पेशा प्रतिष्ठानहरूमा थप १० लाख विद्यार्थीहरूलाई भर्ना गरेको छ। त्यो हाम्रो व्यावसायिक विकासका लागि एकदमै राम्रो खबर रहेछ!

1  2  3  4  
जानकारी तथा लेखहरु