फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सुन्दर हाई नान"कार्यक्रमद्वारा चीन र नाइजेरिया बीचको सांस्कृतिक आदान-प्रदानलाई अघि बढाइएको

(GMT+08:00) 2019-07-22 09:57:11

जुन ६ तारिख बिहान नाइजेरियाको राजधानी आबुजामा स्थानीय बासिन्दाहरुले ठूलो वर्षाको बावजुद चिनियाँ पर्यटन तथा संस्कृति सप्ताह "सुन्दर हाई नान"को छविको अनुभव गरेका थिए। ली जातिको परम्परागत रङ्ग लगाउने बुनाई,नरिवलमा कुँद्ने उत्कृष्ठ रचना,विशेषतायुक्त चिया तथा उष्ण कटिबन्धमा पर्ने समुद्री टापूको मनोहर दृश्यबाट नाइजेरियाली उत्साहित भएका थिए। हाई नान प्रान्तका पर्यटन,संस्कृति,रेडियो,टेलिभिजन व्यूरोको सार्वजनिक संस्कृति तथा गैर-भौतिक सम्पदा सेवाका प्रमुख श्याउ ह्वैका अनुसार, नाइजेरिया तथा चीनको हाई नानको मौसम तथा फलफूल बराबर रहेको छ,दुवै पक्ष बीच पर्यटनको सहयोग हुन सक्नेछ र हाई नानले पर्यटन उद्योगको विकासमार्फत गरिबी निवारण सम्बन्धी अनुभव नाइजेरियासँग उपभोग गर्नसक्ने छ। उहाँ भन्नुहुन्छ,

हामीले "परियोजनाले परिवारलाई डोर्‍याउने"यस्तो ढंगबाट गरिबी निवारण गरेका छौं। एक व्यक्तिले तालिम लिएपछि उनका परिवार पनि लाभान्वित हुनेछ। र एउटा परिवारले लाभ पाएपछि सम्पूर्ण गाउँ विपन्न अवस्थाबाट मुक्त हुने छ। अफ्रिकाका केही ठाउँ हामीसँग आदान-प्रदान गर्नसक्ने महसूस मैले गरेको छु।

1  2  3  4  
जानकारी तथा लेखहरु