पैचिङ लोङछिङस्या बरफ बत्ती तथा हिउँ महोत्सव
2024-01-17 10:09:09cri
Share with:

पैचिङ लोङछिङस्या ३८ औँ बरफ बत्ती र हिउँ महोत्सवले पर्यटकका लागि एउटा मनोरम काल्पनिक संसार सिर्जना गरेको छ। यहाँ हिउँदे पर्यटन तथा संस्कृतिसँगै रमाइलो बरफ-हिउँ खेलको अनुभव गर्नपाएका छन्। 

जनवरी १५ तारिखदेखि सुरू भएको यस पैचिङ लोङछिङस्या ३८ औँ बरफ बत्ती र हिउँ महोत्सवमा बरफ तथा हिउँ मूर्तिकासाथै सयौँको सँख्यामा लालटिन लाइट र रूख बत्ती सजाइएका छन्। निकै चित्ताकर्षक रङ्गीन र झिलिमिली बत्तीहरूले आगन्तुकलाई बेग्लै संसारमा पुर्याउन सफल भएको देखिन्छ।