नयाँ युगमा चीनको सुधार नीतिबारे बुझाइको तेस्रो भाग—सामान्य नियम बुझेर नयाँ सिर्जनासँगै यात्रा
2024-07-12 18:55:41CRI
Share with:

सन् २०१२ डिसेम्बरमा भर्खरै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव नियुक्त हुनु भएका सी चिनफिङले सुधार र खुलापन समकालीन चीनको भाग्यको निर्णय गर्ने केन्द्रीय कदम रहेको विषय बताउनुभएको थियो। यो उहाँले आफ्नै राष्ट्रिय शासनका लागि गम्भीर रूपमा गर्नुभएको छनौट हो। त्यसपछि उहाँमा केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले चौतर्फी रूपमा सुधारलाई गहन पार्ने योजना बनाएर समग्र लक्ष्य, रणनीतिक प्राथमिकता, तरिका र समयसीमा निश्चित गरेको छ। जसले चौतर्फी रूपमा सुधारलाई गहन पार्ने र प्रणालीगत तथा समग्र डिजाइनबाट सुधारलाई अगाडि बढाउने नयाँ काल सुरू गरेको छ।

दशवर्षपछि सन् २०२४ को प्रारम्भमा सी चिनलिङले सुधार र खुलापन चिनियाँ शैली आधुनिकीकरणका लागि केन्द्रीय कदम हो भन्ने विषय व्यक्त गर्नुभयो। जसले सुधारको गहन अर्को महत्वपूर्ण चरणमा प्रवेश गर्ने संकेत देखाएको छ।