फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकका विशेषज्ञ र मिडियाद्बारा चीनको आर्थिक विकासको मूल्याङ्कन

(GMT+08:00) 2020-10-20 16:33:50

 धेरै मुलुकका विशेषज्ञ र सञ्चार माध्यमहरूले चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले अक्टोबर १९ तारिख जारी गरेको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको आर्थिक तथ्याङ्कको उच्च ख्याल विचार गर्दै चीनको मुख्य आर्थिक सुची राम्रो दिशातिर विकसित हुनुका साथै चीनको अर्थतन्त्रको तीव्र पुनरुत्थानले पूरै विश्व अर्थतन्त्रको पुन:उत्थानलाई अघि बढाउनसक्ने ठहर गरेका छन्।

सिंगापुरको प्रवासी चिनियाँ बैंकका अर्थविद टोमी दोङमिङ सेका अनुसार, चीनले जारी गरेको आर्थिक तथ्याङ्कबाट चीन महामारी अवस्थामा मुक्त भई सशक्त रुपमा पुनरुत्थान हुँदै जाने प्रतिबिम्बित गरिएको छ। अघिल्ला त्रैमासिक अवधिमा चीनको अर्थतन्त्र गत वर्षको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले बृद्धि भएको छ भने लगानी र निर्माण व्यवसाय पनि क्रमश: राम्रो हुँदै आएको देखिन्छ। चीनको आर्थिक बृद्धिबाट विश्व अर्थतन्त्र लाभान्वित हुनेछ।

1  2  
जानकारी तथा लेखहरु