फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# डाउन ज्याकेट परम्परागत ट्रेड मार्काद्वारा चीनको पोशाक व्यवसायमा नयाँ दिशा

(GMT+08:00) 2019-04-26 10:38:00

शांगहाई यातायात विश्वविद्यालयका विद्यार्थी स्यु यि मिङ पो स तङको डाउन ज्याकेट किनेका छन्। उनले भने "पहिला मेरो विचारमा पो स तङ बुबाआमाले लगाउने डाउन ज्याकेट हो। हाल नवीकरण गरेपछि पो स तङको डाउन ज्याकेट निकै फेशनवाल लाग्छ। यो ट्रेड मार्का न्यूयोर्क पोशाक फेशन शोमा प्रदर्शन गरिएको छ। चीनको पोशाकले युवाको मागमाथि ध्यान दिनसक्ने, परम्परागत ट्रेड मार्कालाई जीवन्त शक्ति थप्नसकिने आशा मैले लिएको छु।"

हाल विश्वको उपभोग्य-वस्तु क्षेत्रमा प्रसिद्ध चिनियाँ ट्रेड मार्का त्यति धेरै छैन तर केही चिनियाँ "पुरानो ट्रेडमार्का"हरू बदल्ने प्रवृत्ति देखिएको छ। अन्तर्राष्ट्रिय बजारतर्फ राम्रोसँग लम्कनका लागि चिनियाँ उद्योग-व्यवसायले "उद्योग-व्यवसायले उपभोक्ताको चाहनामाथि ध्यान दिनुपर्ने" धारणा लिनुपर्छ।


1  2  3  
जानकारी तथा लेखहरु