फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको सबैभन्दा ठूलो अन्नबाली भण्डारको रुपमा रहेको है लुङ च्याङ प्रान्तको उच्च गुणस्तरीय विकास बाटो

(GMT+08:00) 2019-10-18 08:52:25

है‍ लुङ च्याङ र रुसबीच लगभग तीन हजार किलोमिटरको सीमा जोडिएको छ। चीन र रुसको चौतर्फी सहयोग क्षेत्रमा है लुङ च्याङको महत्वपूर्ण स्थान र भूमिका छ। सन् २०१८ मा है लुङ च्याङको रुसतर्फको आयात-निर्यातको कुल रकम १ खर्ब २२ अर्ब चिनियाँ युआन पुगेको थियो। यसले रुसको आयात-निर्यातको कुल रकमको पाँच भागमध्येको एक भाग ओगटेको थियो। चाङ छिङ वैले आगामी दिन है लुङ च्याङले चौतर्फी बाह्य खुलापनलाई अगाडि बढाउन गति प्रदान गर्ने बताउनुभयो। उहाँ भन्नुहुन्छ

"हामी ऊर्जा स्रोत र स्रोत साधन श्रेणीको सामानको निर्यात श्रेष्ठतालाई सुदृढ पार्ने, रुसबाट आयातित सोयाबिनलगायतका कृषि उपजको प्रशोधन बढाउने, उच्च गुणस्तरको विदेशी आर्थिक पार्कको निर्माण गर्ने, रुसको विकास पार्क र स्वतन्त्र बन्दगाहको निर्माणमा संलग्न हुने छौं। साथै है लुङ च्याङ प्रान्तले सीमा व्यापारको विकास गर्ने छ। हामीले रुसतर्फ निर्यात गर्ने भन्दा रुसबाट आयात धेरै हुन्छ। किनभने रुससँग उत्तम गुणस्तरको खाद्य-पदार्थ र कृषि उपज छ।"

1  2  3  
जानकारी तथा लेखहरु