फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको सबैभन्दा ठूलो अन्नबाली भण्डारको रुपमा रहेको है लुङ च्याङ प्रान्तको उच्च गुणस्तरीय विकास बाटो

(GMT+08:00) 2019-10-18 08:52:25

है लुङ च्याङको प्रशस्त पर्यटकीय स्रोत साधन छ। त्यहाँ वनस्पति, घाँसेमैदान, ताल, हिउँ र बरफ छ। है लुङ च्याङका नौ वटा सिम्सार अन्तर्राष्ट्रिय महत्वपूर्ण सिम्सार नामावलीमा सूचीकृत छ। गत वर्ष है लुङ च्याङमा पर्यटकको संख्या अठार करोड पुगेको थियो। है लुङ च्याङका निर्देशक वाङ वन थाउले है लुङ च्याङ प्रान्तले अन्तर्राष्ट्रिय संगठनसँग "है लुङ च्याङको पर्यटकीय विकास योजना"को तर्जुमा गर्न सहकार्य गरिरहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ "गृष्म ऋतुमा है लुङ च्याङको मौसम निकै शीतल हुन्छ। तापक्रम कम छ। हामीले गर्मीबाट जोगिने पर्यटन, वनस्पति पर्यटन, सिम्सार पर्यटन प्रस्तुत गरेका छौं। हिउँद ऋतुमा है लुङ च्याङ हिउँ र बरफबाट ढाकिन्छ। हिउँ र बरफ प्रतियोगिता, हिउँ र बरफ पर्यटन, स्की, हिउँ र बरफ संस्कृति, हिउँ र बरफ शिक्षाको तालिमआदि व्यवसायको विकास गरिएको छ।"

पर्यटन उपभोग बजारको मागअनुसार, है लुङ च्याङ प्रान्तले होम्स्टे, मोटर गाडी शिविर, मोटर गाडीको लीजको विकास गर्ने जनाएको छ।


1  2  3  
जानकारी तथा लेखहरु