फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा खेलकुद सम्बन्धमा शक्तिशाली मुलुकको निर्माणलाई राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको योजनामा राखिएको

(GMT+08:00) 2019-10-28 15:24:52

चीनको राज्य परिषदको कार्यालयले हालै"खेलकुद सम्बन्धमा शक्तिशाली मुलुकको निर्माणको रुपरेखा"सार्वजनिक गरी खेलकुद सम्बन्धी क्षेत्रमा शक्तिशाली मुलुकको निर्माणलाई राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको योजनामा राखेको छ। यस रुपरेखामा सन् २०५० सम्ममा चीनले समाजवादी आधुनिक खेलकुद सम्बन्धी क्षेत्रमा शक्तिशाली मुलुकको चौतर्फी रुपमा निर्माण गर्ने छ भने चिनियाँ जनताका शारिरिक गुणस्तर तथा स्वास्थ्य स्तर, खेलकुदको समग्र क्षमता तथा अन्तर्राष्ट्रिय असर विश्वको अग्रस्थानमा रहने र खेलकुद चीनको पुन:उत्थानका लागि द्योतकरुपी कार्य बन्ने लक्ष्य तोकिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनमा खेलकुद सम्बन्धमा शक्तिशाली मुलुकको गतिशीलताका साथ निर्माण गरिनुपर्ने लक्ष्य प्रस्तुत गरिएको थियो। यस पटकको रुपरेखामा खेलकुद सम्बन्धी शक्तिशाली मुलुकको परिभाषा, त्यसको निर्माणका लागि ठोस लक्ष्य, त्यसको निर्माणका लागि चालिने कदम लगायतका महत्वपूर्ण विषयहरुलाई स्पष्ट पारिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु