फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा खेलकुद सम्बन्धमा शक्तिशाली मुलुकको निर्माणलाई राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको योजनामा राखिएको

(GMT+08:00) 2019-10-28 15:24:52

प्राप्त तथ्यांक अनुसार, सन् २०१७ मा चीनको खेलकुद सम्बन्धी उद्योगको आय ७ खर्ब ८१ अर्ब १० करोड चिनियाँ युआन पुगेको थियो। सन् २०१४ देखि २०१७ सम्म चीनको खेलकुद सम्बन्धी उद्योगको आयको प्रति वर्षको औसत वृद्धि दर २४.६ पुगेको थियो। जुन तिव्र गतिले विकास भएको छ। यस पटकको रुपरेखामा सन् २०३५ सम्म खेलकुद उद्योग राष्ट्रिय अर्थतन्त्रका लागि एउटा महत्वपूर्ण उद्योग हुने प्रस्तुत गरिएको छ। अखिल चीन खेलकुद व्यूरोका उप-प्रमुख ली च्यान मिङ यसबारे चर्चा गर्दै भन्नुहुन्छ,

खेलकुद उद्योग एउटा नवोदित उद्योग हो। जसमा निरन्तर रुपमा नयाँ उत्पादक वस्तु, नयाँ ढंग, नयाँ रुप देखा पर्नेछ। सन् २०३५ सम्म चीनको खेलकुद उद्योगको आय चीनको कूल गार्हस्थ उत्पादन मात्रामध्ये ४ प्रतिशत जति पुग्ने अनुमान छ। हामीले यस लक्ष्य पूरा गर्न प्रयास गरिरहेका छौं।

"खेलकुद सम्बन्धी क्षेत्रमा शक्तिशाली मुलुकको निर्माणको रुपरेखा"मा फुटबल, बास्केटबल तथा भलिबलको व्यापकता तथा त्यसको स्तरलाई माथि उकास्ने पनि चर्चा गरिएको छ। ली च्यान मिङ यसबारे चर्चा गर्दै भन्नुहुन्छ,

प्रतिस्पर्धात्मक खेलमा चीनको श्रेष्ठता भएका धेरै प्रकारका खेल छन्। तथापि सामूहिक तथा व्यापक रुपमा भाग लिने फुटबल, बास्केटबल तथा भलिबल खेलमा चीनको विकास त्यति राम्रो छैन। त्यसैले हामीले विशेष गरी ती तीन किसिमको बल र पौडी , ट्र्याक एण्ड फिल्ड लगायत खेलहरुमाथि महत्व दिनेछौं।


1  2  3  
जानकारी तथा लेखहरु