फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं विश्व सैनिक खेलकुद सम्पन्न

(GMT+08:00) 2019-11-18 15:50:21

यस पटकको सैनिक खेलकुदमा १०९ मुलुकका ९३०० भन्दा बढी सैनिक खेलाडीले २७ किसिमको प्रतिस्पर्धामा भाग लिएर ३२९ स्वर्ण पदक जितेका छन्। चिनियाँ टोली, रुसी टोली तथा ब्राजिलको टोली पदक तालिकामा अघिल्लो तीन स्थानमा रहेका छन्। त्यसबाहेक, ६० भन्दा बढी टोलीले पदक जितेका छन्। चिनियाँ जन मुक्ति सेनाको खेलकुद टोलीले १३३ स्वर्ण पदक, ६४ रजत पदक तथा ४२ कांस्य पदक जितेर सैनिक खेलकुदमा भाग लिएदेखिकै सबैभन्दा उत्कृष्ट उपलब्धि हासिल गरेको छ।

विश्व सैनिक खेलकुदको अवधिमा विभिन्न मुलुकका खेलाडीहरुले ७ विश्व किर्तिमान तथा विश्व सैनिक खेलकुदका ८५ किर्तिमानलाई तोडेका छन्। अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदका सचिव दोराह मान्बी कोइटा ठहर गर्नुहुन्छ,

समष्टिगत रुपमा भन्दा हाम्रा खेलाडीहरुको प्रदर्शन एकदम रोचक छ। विशेष गरी पौडी, शुटिङ तथा ट्रेक एण्ड फिल्ड क्षेत्रमा खेलाडीहरुले विश्व सैनिक खेलकुदका धेरै किर्तिमानलाई तोडेका छन्। यी खेलहरु आधारभूत सैनिक खेल भएको हुनाले हामीलाई धेरै गौरव लागेको छ।

1  2  3  
जानकारी तथा लेखहरु