फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं विश्व सैनिक खेलकुद सम्पन्न

(GMT+08:00) 2019-11-18 15:50:21

बोस्निया हर्जगोभिनाको टोलीका प्रमुख इमिर कलिकोले यस पटकको विश्व सैनिक खेलकुदको संगठित कार्य चीनको द्रुत गतिको विकास जस्तै आश्चर्य रहेको ठहर गर्नुभएको छ। उहाँ भन्नुहुन्छ,

यस पटकको विश्व सैनिक खेलकुदमा भाग लिएको अनुभव म विर्सनसक्दिँन। मेरो मनमा विशेष गरी उत्साहजनक चिनियाँ जनताको गहिरो छाप परेको छ। खेलकुदको संगठित कार्य एउटा उन्नतिशील मेसिन जस्तै देखिन्छ। यसका साथै गतिशील विकासमा रहेको आधुनिक चीन पनि आश्चर्य लाग्दो छ।

सातौं विश्व सैनिक खेलकुदको संयोजन समितिकी अध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिकी सदस्य, राज्य परिषदकी उप-प्रधानमन्त्री सुन छुन लानले समापन समारोहलाई सम्बोधन गर्दै यस पटकको विश्व सैनिक खेलकुद मित्रताका लागि भएको भन्दै प्रशस्त उपलब्धि हासिल भएको एउटा भव्य समारोह भएको बताउनुभयो। उहाँले हातमा हात मिलाएर खेलकुदबाट सम्पर्कको पूलको निर्माण गरी विश्व शान्ति तथा मानवलक्षित समूदायको निर्माणका लागि अरु ठूलो योगदान पुर्‍याउन आह्वान गर्नुभयो।


1  2  3  
जानकारी तथा लेखहरु