फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनलाई बुझौं" पुस्तक प्रदर्शनी एवं "चीन-भारत सांस्कृतिक आदान-प्रदान फोटो प्रदर्शनी" नयाँ दिल्लीमा आयोजित

(GMT+08:00) 2020-02-03 15:44:27

"चीनलाई बुझौं" पुस्तक प्रदर्शनी एवं "चीन-भारत सांस्कृतिक आदान-प्रदान फोटो प्रदर्शनी"को प्रदर्शन क्षेत्रलाई यस पटक भारतीय प्रदर्शन क्षेत्र अर्थात् राष्ट्रिय क्षेत्रमा राखिएको छ। भारतका बासिन्दाहरुलाई चीनबारे अरु राम्रोसँग जानकारी गराउन यस्तै विशेष डिजाइन गरिएको जानकारी आयोजकले गरेको छ। चिनियाँ प्रदर्शन क्षेत्रको सम्बन्धित अवस्थाबारे जानकारी दिँदै चिनियाँ प्रकाशन पक्षको तर्फबाट फिनिक्स प्रकाशन समूहका उप-प्रबन्धक वाङ यी श्वेन भन्नुहुन्छ,

यस पटकको कार्यक्रमले भारतीय जनतामाझ चीनको उत्कृष्ट सांस्कृतिक उपलब्धिको प्रदर्शन गर्ने छ साथै सो कार्यक्रम दुई मुलुकका प्रकाशन क्षेत्र र दुई मुलुकका जनता बीचको मित्रता प्राचिन कालदेखि रहिआएको ऐतिहासिक प्रमाण पनि बन्ने छ। चीन र भारतबीचको सत्तरी वर्षअघि बनेको गहिरो मित्रताका लागि चिनियाँ प्रकाशन क्षेत्रले यो विशेष उपहार प्रदान गरेको छ।

वाङ यी श्वेनका अनुसार, "चीनलाई बुझौं" पुस्तक प्रदर्शनीमा साठी भन्दा बढी चिनियाँ प्रकाशन संस्थाका हालका केही वर्षयता प्रकाशित हजारौं प्रकारका पुस्तक समावेश छन्। तीमध्ये "सुशासनबारे सी चिन फिङको भनाई", "गरिबी निवारण" लगायत चीनको शासन, चिनियाँ भावना, चिनियाँ संस्कृति, चिनियाँ विज्ञान तथा प्रविधि तथा भाषा अध्ययन, सामाजिक विज्ञानको अध्ययन, परम्परागत चिकित्सा, साहित्य कला आदि पुस्तकहरु समावेश छन्। सो पुस्तक प्रदर्शनीका ७० प्रतिशतका पुस्तकहरू अंग्रेजी भाषा संस्करणमा छन्।

चिनियाँ प्रकाशन क्षेत्रसँग घनिष्ठ सम्बन्ध जारी राखेको भारतको जीबीडि प्रकाशन कम्पनीका मेनेजर कौशल गोयल भन्नुहुन्छ,

हामीले दीर्घकालीन अवधिदेखि चिनियाँ प्रकाशन संस्थासँग असल सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गरेका छौं। अहिलेसम्म हामीले अंग्रेजी तथा भारतीय भाषामा चीनको सम्बन्धमा १०० प्रकारका भन्दा बढी पुस्तक अनुवाद गरी प्रकाशन गरिसकेका छौं। भारत-चीन सांस्कृतिक आदान-प्रदानका लागि अरु बढी योगदान गर्न यस्ता राम्रा सहयोगहरू निरन्तरता पाउने छ भन्ने आशा हामीले राखेका छौं।


1  2  
जानकारी तथा लेखहरु