फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेक्सिकोको डाइभिङ टोलीकी चिनियाँ प्रशिक्षक

(GMT+08:00) 2020-02-24 10:37:31

मेक्सिकोमा १७ वर्षसम्म तालिम दिएको अवधिमा मा चिनले वसन्त चाडको अवधिमा पैचिङ फर्कन पाउनु भएको छैन। किनभने हरेक वर्षको जनवरी र फेब्रअरी महिनामा डाइभिङ टोलीको तालिमका लागि सबैभन्दा व्यस्त अवधि हो। अहिले मा चिनका प्रशिक्षणमा रहेका खेलाडीहरुमध्ये सबैभन्दा जेठी ३३ वर्षको र सबैभन्दा कान्छी १४ वर्षका समावेश छन्। सोही दिन तालिममा सहभागी भएका पाँच जना खेलाडीमध्ये तीन जनाले पोहोरको विश्व च्याम्पिएनशीप प्रतियोगितामा एकल प्रतियोगितामा अघिल्लो आठ स्थानमा अथवा डबल प्रतियोगितामा अघिल्लो छ स्थानमा रहेको उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। हाम्रा पत्रकारसँग कुराकानी गर्दै उहाँ भन्नुहुन्छ,

पत्रकार: प्रतियोगिताअघि अरु बढी तालिम दिनुहुन्छ?

मा चिन: हजुर। अबदेखि प्रतियोगितासम्म जोडतोडसँग तालिम दिनुपर्छ।

पत्रकार: चालु वर्षको फेब्रअरी महिनामा कुन प्रतियोगितामा भाग लिनु हुनेछ?

मा चिन: फेब्रअरी महिनामा क्यानाडा तथा पैचिङमा अनेकन प्रतियोगितामा भाग लिनेछौँ।

मेक्सिकोको डाईभिङ टोलीको तालिम अखडा मेक्सिको शहरको कछाड क्षेत्रमा अवस्थित छ। सन् २००९ मा त्यसको संचालनमा आएको थियो। शुरुमा यहाँको वातावरण निकै अप्ठ्यारो थियो।

पहिले हामी यहाँ आउँदा खेरी यहाँ एउटा खाली ठाउँ थियो। कुनै पनि चिज थिएन। तालिमका लागि आवश्यक स्प्रिङबोर्ड र कस्तो किसिमको डोरी लगायत सबै प्रबन्ध मैले कर्मचारीहरुलाई दिएर आजको यस्तो दृश्य देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु