फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेक्सिकोको डाइभिङ टोलीकी चिनियाँ प्रशिक्षक

(GMT+08:00) 2020-02-24 10:37:31

मा चिन र उहाँका सहकर्मीको संयुक्त प्रयासमार्फत डाइभिङ खेलमा कुशल उपलव्धि हासिल भएको छ। जसबाट मेक्सिकोको सम्बन्धित विभागले डाइभिङ खेललाई महत्व दिएर बढी लगानी गरेको छ।

तालिममा मा चिन एक जना गम्भिर प्रशिक्षक हुनुहुन्छ। तैपनि जीवनमा उहाँ एक जना मिलनसार आमा जस्तै हुनुहुन्छ। उहाँ मेक्सिकोका खेलाडीहरुलाई चिनियाँ खाना पकाउन सिकाउनुहुन्छ र खेलाडीहरुसँग अस्पताल जानुहुन्छ। तालिमको फुर्सदमा उहाँ खेलाडीहरुलाई चिनियाँ संस्कृतिबारे जानकारी दिनुहुन्छ। उहाँले खेलाडीहरुलाई स्थानीय चिनियाँ समूहद्वारा वसन्त चाडको उपलक्ष्यमा आयोजित कार्यक्रममा लैजानुभयो। उहाँको प्रभावमा धेरै स्थानीय खेलाडीहरुले चिनियाँ संस्कृतिप्रति चासो राखेका छन्।

२२ वर्षीय दोलोरेस हेरनान्देस दश वर्षसम्म मा चिनको निर्देशनमा तालिम गरेकी छिन्। मा चिनबारे चर्चा गर्दै उनी भन्छिन्,

उहाँ निकै राम्री हुनुहुन‍छ। उहाँ मेरी दोस्रो आमा जस्तै हुनुहुन्छ। यस टोलीकी एक जना सदस्य भएकोमा मलाई धेरै खुसी लागेको छ। उहाँ हामीलाई धेरै वास्ता गर्नुहुन्छ।


1  2  3  
जानकारी तथा लेखहरु