फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फार्मस्टेबाट सी याउ थौ गाउँ धनी हुँदै

(GMT+08:00) 2020-03-06 08:59:02

यो पछि पिछडिएको गाउँलाई एक लोकप्रिय पर्यटकीय गन्तव्य स्थलको रुपमा सुध्रन र राष्ट्रियस्तरीय गरिब गाउँबाट मुक्त गर्नका लागि फङ लि मिङलगायतका अधिकारीहरूको ठूलो दवाव थियो। यसका साथै विभिन्न स्तरीय सरकारी विभाग र सामाजिक शक्तिले उनीहरूलाई सहायता दिएका छन्। तर स्थानीय वासिन्दाहरू सम्पूर्ण रुपमा सहायतामा निर्भर भएका छैनन्। उनीहरू सी याउ थौ गाउँको निर्माणमा सक्रियताका साथ संलग्न भए। राजमार्गको निर्माण, गाउँ समितिको भवनको मर्मत, वासिन्दा मनोरञजन चोकको मर्मतमा वासिन्दाहरू संलग्न भए। गाउँको समितिले "मायालु सुपरमार्केट"लगायतका विविध तरिकामार्फत गाउँको निर्माणका लागि योगदान दिएका वासिन्दाहरूलाई भौतिक प्रोत्साहन गरेको छ। वासिन्दा रन चिन फिङले ती कदमहरूले गाउँलाई ल्याएको परिवर्तनको प्रत्यक्षदर्शी हुन्। उनी भन्छिन् "गाउँको सबै वातावरणमा परिवर्तन भएको छ। यो सुपरमार्केटमा वासिन्दाले स्कोर कार्डको तरिकामार्फत जीवन आवश्यक सामग्री विनिमय गर्न सक्छन्।"

1  2  3  
जानकारी तथा लेखहरु