फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फार्मस्टेबाट सी याउ थौ गाउँ धनी हुँदै

(GMT+08:00) 2020-03-06 08:59:02

आधारभूत प्रबन्ध सुध्रिएको छ। सी याउ थौ गाउँको प्राकृतिक वातावरणको श्रेष्ठता पनि देखिएको छ। गाउँको समितिको समर्थनमा स्थानीय फार्मस्टेको कारोबार क्रमशःराम्रो बन्दैआएको छ। सन् २०१९ को गृष्मको व्यस्त सिजनमा वासिन्दा लाउ ल्यौ घरले हरेक महिना द‍र्जनौं टेबुलका पाहुना भित्र्याएको थियो। ल्याउ ल्यौकी श्रीमती लिउ फु स्याङ निकै खुशी भइन्। आफूले घरमा बृद्धबृद्धा र बच्चाको हेरचाह गर्नुका साथै घरको खर्चका लागि केही पैसा कमाउन सक्छिन्।

सन् २०१९ मा फार्टस्टे परियोजनामा संलग्न भएका दशवटा गरिब परिवारमध्ये हरेक परिवारको आम्दानी दश हजार चिनियाँ युआन पुगेको थियो। उनीहरू गरिबीबाट मुक्त भए। पशुपालन व्यवसायआदि व्यवसायहरूमार्फत गाउँका अरु गरिब परिवारहरूको आम्दानीमा पनि बृद्धि भएको थियो। हालसम्म सी याउ थौ गाउँ राष्ट्रिय स्तरीय गरिब गाउँको नामबाट हटाइएको छ। तर सी याउ थौ गाउँले धनी बनाउने पाइला रोकेको छैन। फार्मस्टेसित सम्बन्धित रहेको अर्को ग्रामीण परियोजना "गाउँ बाँड्नु" परियोजनाको निर्माण भैरहेको छ। उक्त परियोजनाको कुल लगानी एक करोड पचास लाख चिनियाँ युआन पुगेको छ। सन् २०२०को सेप्टेम्बर महिना यो परियोजनाको संचालनमा आउने छ। सी याउ थौ गाउँका प्रमुख फङ लि मिङ भन्छिन् "यो परियोजनाअनुसार, सोह्र वटा होमस्टेको निर्माण गरिने छ। हरेक होमस्टेको फरक शैली छ। तेह्र जना डिजाइनरले होमस्टेको डिजाइन गर्ने छन्। यो परियोजना संचालन भएपछि वरिपरीका वासिन्दाको प्रति व्यक्तिलाई तीन हजार नौ सय चिनियाँ युआनको वार्षिक आम्दानी दिइने छ। हाम्रो गाउँ निरन्तर रुपमा धनी बनाउने व्यवसाय हुनेछ।"


1  2  3  
जानकारी तथा लेखहरु