फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हरित विकासको बाटोमा चीन अडिग

(GMT+08:00) 2020-04-09 16:19:14

राष्ट्राध्यक्ष सीले यस पटकको चच्याङ्ग प्रान्तको निरीक्षण गर्नु भएबाट चीनमा कोभिड १९ विरुद्धको अवस्था राम्रो प्रवृत्तिमा देखिनुका साथै चिनियाँ अर्थतन्त्र पनि द्रुत गतिले पुनरुत्थान भएको स्पष्ट हुन्छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हाल च च्याङ प्रान्तको निरीक्षण गर्नुभएको छ। यो त विशेष अवधिमा भएको निरीक्षण हो। यसबाट देखिन्छ कि चीनले महामारी नियन्त्रण गर्न ढिलासुस्ती नगर्नुका साथै तीव्र उत्पादनलाई पुनःबहाली गरी चालू वर्ष आर्थिक तथा सामाजिक विकास लक्ष्य पूरा गरेर सम्पन्न समाज स्थापनालाई पूर्णता दिनुपर्छ। आर्थिक विकास लक्ष्य पूरा हुनुका साथै पर्यावरण संरक्षणको लक्ष्य पनि यही अवधिमा पूरा हुनुपर्छ।

सीले च च्याङको निरीक्षण गर्दा पर्यावरण संरक्षणलाई पनि भ्रमण यात्रामा राखेर त्यस सम्बन्धी अनेकौँ महत्वपूर्ण निर्देशन र निष्कर्ष निकाल्नुभएको छ। जसबाट चीनको महामारी नियन्त्रण अवस्था राम्रो हुँदै गएर सामान्य अवस्थामा प्रवेश हुँदै गरेको अर्थ लाग्नुका साथै हरित विकासको बाटोमा चीन अडिग रहेर यस वर्ष चीनले आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, पर्यावरणीय लगायत विभिन्न पक्षको लक्ष्य पूरा हुने सम्पन्न समाजको स्थापना गर्ने अर्थ पनि राख्दछ।

हाल कोभिड-१९ महामारी विश्वमा फैलिएको छ भने विश्व आर्थिक स्थिति निकै गम्भीर देखिन्छ। विश्वको दोस्रो ठूलो आर्थिक समूहको रूपमा रहेको चीनको आर्थिक तथा सामाजिक विकास समक्ष पनि ठूलो दबाव देखिन्छ। त्यसबाट यस वर्षमा चीनले सम्पूर्ण रूपमा सम्पन्न समाज स्थापना गर्ने लक्ष्य प्रभावित हुनसक्छ अनि चीनले आर्थिक विकासको लागि पहिलाको क्रूर विकासको पुरानो बाटोमा फर्किनुपर्ने धेरैको चिन्ता रहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु