फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हरित विकासको बाटोमा चीन अडिग

(GMT+08:00) 2020-04-09 16:19:14

यसपटक सी चिन फिङको चच्याङको भ्रमण कार्यक्रमबाट स्पष्ट देखिन्छ कि जस्तोसुकै कठिनाइ आइपरे तापनि चीनको शासक पार्टीले जनतामाथि गरेको आफ्नो वचनवद्धताको पूर्ण पालना गर्दै निश्चित लक्ष्यतिर अडिग रहनेछ।

वास्तवमा कोभिड-१९ बाट हरित विकासको लागि प्रेरणा पनि दिलाइएको छ। सीले च च्याङको निरीक्षण गर्दा भन्नुभएको छ कि संकट र अवसर सँगै अस्तित्वमा रहिरहन्छन् भने संकट जितेपछि अवसर आउँछ। भाइरसको सामना गर्दा मानवजातिले झनै गहिरो रूपमा चेतना हासिल गरेको छ कि हरित विकासको विचारमा अडिग रही पर्यावरणीय सभ्यताको निर्माण गरेर मानव र प्रकृतिबीचको मेलमिलापयुक्त सहअस्तित्व कायम राख्नुपर्छ।

सीले भन्नुभएको छ "हरियो पहाड र जलको अरू संरक्षण गरियो भने त्यसबाट अझ धन-सम्पत्ति कमाउन सकिन्छ। यो त चीनले भविष्यको लागि गरेको वाचा हो। चीन अडानका साथ अघि बढ्ने विकासको बाटो हो, चीनले विश्वलाई अरू योगदान गर्ने मुख्य विषय पनि हो।"


1  2  3  
जानकारी तथा लेखहरु