फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहेंलो नदी मानिसहरुको मनमा रहेको जुहारात होः अमेरिकी नागरिक लिउ थेन लाङ

(GMT+08:00) 2020-10-26 15:40:38

लिउ थेन लाङले चीनमा १५ वर्षसम्म बसोबास गरेका छन्। उनले चीनका ३० भन्दा बढी शहरको यात्रा गरेका छन्। उनी क्वाङ् चौ शहरमा डेढ वर्षसम्म बसे भने ता लेन शहरमा करिब ९ वर्षसम्म काम गरे। पाँच वर्ष अगाडि उनकी श्रीमतीको जन्मथलो लान चौ शहर पुग्नेवित्तिकै उनले पहेंलो नदी बगेर जाने यस शहरलाई मन पराए। उनको विचारमा यहाँको संस्कृति सम्पति जस्तै मूल्यवान छ।

पहिलो पटक लान चौ आउँदा यहाँको विविधता मैले देखें। उदाहरणका लागि सडकमा मान्छेहरुले विभिन्न जातिका कपडा लगाएका थिए। विभिन्न संस्कृति एउटै शहरमा भेला भएको जस्तो लाग्यो। लान चौ शहरमा हरेक जातिको आफ्नो परम्परा छ। यी कुराहरु देखेर म निकै खुशी भएँ।

अमेरिकाबाट आएका लिउ थेन लाङ तुरुन्तै लान चौका मिठा खानाहरुप्रति आकर्षित भए। उनी लान चौ चाउ चाउ पकाउन सक्छन्। लान चौको आकर्षणबारे चर्चा गर्दै उनले पहिलो पटक पहेंलो नदी देखेको दृश्यबारे व्याख्या गर्छन्,

साँच्चै पहेंलो नदी देखें। चिनियाँ इतिहासको शौखिन हो भने किनारामा बसोबास गर्ने वासिन्दाहरुका लागि पहेंलो नदी एकदमै महत्वपूर्ण भएको थाहा पाइन्छ। विगतमा पहेंलो नदीको किनारामा बसोबास गर्ने वासिन्दाहरुलाई पानीका साथै ढुवानी क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह भएको थियो। अहिले यस नदीको भाउ यथावत रुपमा महत्वपूर्ण छ। यसले स्थानीय पर्यटन उद्योगको विकासलाई अघि बढाएको छ।

गत वर्ष लान चौ शहरमा भूमिगत रेल संचालनमा आयो। लिउ थेन लाङले यहाँ आफ्नो घर भएको हुनाले पहेंलो नदी बगेको यो शहर छिटै अन्तर्राष्ट्रिय शहर बन्ने आशा राखेका छन्।


1  2  
जानकारी तथा लेखहरु