नेपाली खानाको प्रवर्द्धनका लागि बेइजिङस्थित चीनका लागि नेपाली दूतावासमा ‘नेपाल खाना महोत्सव’को आयोजना गरिएको छ। चीन नेपाल दौत्य सम्बन्धको ७०औँ वार्षिकोत्सव तथा चीनद्वारा ‘नेपाल भ्रमण वर्ष २०२५’ मनाइएको अवसरमा नेपाली खानासहित पर्यटन प्रवर्द्धनका लागि नेपाली दूतावासले वैशाख ८ गते दूतावास परिसरमा ‘नेपाल खाना महोत्सव’को आयोजना गरेको हो।