मार्च १४ तारिख चाइना मिडिया ग्रुप अर्थात सीएमजीद्वारा आयोजित "वसन्तको चीन: चीनद्वारा विश्वलाई साझा अवसरहरू प्रदान" विषयक विश्वव्यापी संवाद कार्यक्रम कोलोम्बियाको बोगोटामा आयोजना गरिएको छ। कार्यक्रमलाई चिनियाँ केन्द्रीय प्रचार विभागका उप-प्रमुख एवम् सीएमजीका महानिर्देशक शन हाईस्योङले भिडियो सन्देशमार्फत सम्बोधन गर्नुभएको थियो।
चीनमा ५० प्रतिशत छायांकन हुने चलचित्रको बाँकी छायांकन नेपालमा हुन लागेको हो। चलचित्र नेपालको काठमाडौं, चितवन र लुम्बिनीमा छायांकन हुने पर्यटन व्यवसायी प्रभाकर खड्काले जानकारी दिनुभयो। खड्का चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपाल संयोजक हुनुहुन्छ।