केही समयअघि सम्मपन्न भएको "कसार" नामक अन्तर्राष्ट्रिय गोष्ठीमा चीन, जापान,अमेरिका, रुस, क्यानाडा र अस्ट्रेलिया लगायत मुलुकहरुका विशेषज्ञ तथा विद्वानहरुले "कसार" नामक महाकाव्यलाई स्थायी रुपमा जिवन्त राख्नका लागि तीन वटा "कसार" सांस्कृतिक बरण्डाको स्थापना गर्न र कसार सांस्कृतिक पर्यटनको बाटो खुला गर्ने विषयमा राय-सुझाव प्रस्तुत गर्नुभएको छ।

करिब सत्तरी वर्षका प्रख्यात लोक कल्लाकार आंग रिले "कसार"नामक कथा सुनाउने प्रसिद्ध कलाकार हुनुहुन्छ। सो कथामा कसारले भय त्रास र कठीनाइका बावजुद निर्धक्क भएर बलियो इच्छा शक्तिका साथ बलवान दुष्टलाई जितेर जनताका लागि कल्याणकारी कार्य गरेका कथा उल्लेख गरिएको छ। त्यसमा न्यायले दुष्टलाई जितेको तथा उज्यालोपनाले अन्ध्यारोपनालाई जितेको महान लडाईंको प्रशंसा गरेको छ। "कसार" महाकाव्यले उच्च कला सिपमार्फत तिब्बती जातिको विकास सम्बन्धी महत्पूर्ण ऐतिहासिक अवधि तथा समाजको आधारभूत अवस्था प्रबिम्बित गरी प्राचीनकालमा तिब्बती जातिको लोक संस्कृतिको सबैभन्दा ठूलो उपलव्धीको प्रतिनिधित्व गरेको छ। त्यो प्राचीनकालको तिब्बति समाजलाई प्रतिबिम्बित गर्ने एउटा विश्वकोष हो।
1 2 3
|