• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-03 10:01:11    
चीन तथा विदेशका विद्वानहरुद्वारा "कसार" सांस्कृतिक बरण्डाको स्थापना गर्न राय-सुझाव प्रस्तुत

cri Author: वर्षा

                    कान सु प्रान्तको कान नान तिब्बत स्वायेत्त प्रिफेक्चरको मा छ्वी जिल्लामा कसार सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना यो सत्रौं पटक हो। यस गोष्ठीमा सहभागी भएका चीन र विदेशका विद्वानहरुले कसारको संरक्षणलाई सबल पार्नएकमतो गर्नुभएको छ। कसार महाकाव्य प्रचलित ह्वांग ह नदीको शिरान, यांग सि नदीको शिरान तथा तिब्बत लगायत तीन वटा क्षेत्रमा तीन वटा "कसार" सांस्कृतिक बरण्डाको स्थापना गर्न, कसार सांस्कृतिक पर्यटनको बाटो खुला गर्न उहाँहरुले राय-सुझाव प्रस्तुत गर्नुभएको छ। जसबाट मानिसहरुलाई यो जिउंदो महाकाव्यबारे अरु राम्रोसँग जानकारी लिनसकियोस।

                   तिब्बत स्वायेत्त प्रदेशको सामाजिक बैज्ञानिक एकेदमीका प्रमुख छ वांग च्युन मै तिब्बती विद्या सम्बन्धी एक जना विद्वान हुनुहुन्छ। "कसार" को संरक्षण चीनले विभिन्न जातिको परम्परागत संस्कृतिको संरक्षण गरेको एउटा उदाहरण मात्र भएको ठहर उहाँले गर्नुभएको छ। उहाँ भन्नुहुन्छ,

                   हाम्रो देशले विभिन्न जातिको परम्परागत संस्कृति तथा कलाको संरक्षण गर्ने कार्यमा प्रशस्त कार्य गरेको छ। सम्पूर्ण जातीय संस्कृतिको क्षेत्रमा राष्ट्रले विशेष नीति अपनाएर जनधनको माध्यमबाट पनि समर्थन गरेको छ। सम्पूर्ण जातीय संस्कृतिको राम्रोसँग संरक्षण गरिएको कुरा मलाई लाग्छ।

                  यसै वर्षको मेइ महिनामा "कसार"लाई चीनको पहिलो खेपको गैर-भौतिक सांस्कृतिक सम्पदाको प्रतिनिधित्व गर्ने नामावलीमा समावेश गरिएको थियो। चीन सरकारले प्रति वर्ष जुन महिनाको दोश्रो शनिबारलाई "राष्ट्रिय सांस्कृतिक सम्पदा दिवस" बनाएर गैर-भौतिक सांस्कृतिक सम्पदा लगायत जातिय लोक संस्कृतिको संरक्षण कार्यलाई चौतर्फी रुपमा सबल पारेको छ।


1 2 3